ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 6, 2009

मास्टर्नीले कुटेर विद्यार्थीको हात भाँच्चियो



प्रकाश डोटेल /स्याङ्जा

जीवनलाई सुनिश्चित बनाउन उद्देश्यले अनुशासित, दक्ष एवं सशील व्यक्ति बन्ने चाहानामा विद्यालयमा पढ्न गएकी एक वालिकालाई शौचालय गएर ढिलो आएको वहानामा यहाँ निजी स्तरमा संचालित विद्यालयकी शिक्षिकाले कुट्दा बालिकाको हात भाँच्चिएको पुगेको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१ स्थित द एक्सिलेन्ट अंग्रेजी आवासिय विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा कविता भण्डारीको शिक्षिका प्रतिमा भट्टराईको कुटाइबाट हात भाँच्चिएको हो।

'भाइलाई पिसाव गराउन शौचालयमा लगेर आउंदा केहि समय ढिलो भयो, त्यसपछि मलाई मिसले कुट्नुभयो र हात भाँच्चियो' पिडित बालिकाले रुदै भनिन् 'बाँसको लाठ्ठिले पिट्नुभयो, अनि मेरो दायां हात भाँच्चियो पुग्यो।'

पिडित बालिकाका अनुसार कक्षा कोठामा सधैं जसो शिक्षक र शिक्षिका कहिले गृहकार्य नगरेको, कहिले नघोकेको बहाना कक्षाका अन्य साथीहरुलाई जथाभावि रुपमा कुृट्ने गरेका छन्। तर विद्यालयका प्रिन्सिपल ध्रुव सुवेदीले पत्रकारहरुको जिज्ञासामा झर्कदै भन्नुभयो– 'शिक्षक र विद्यार्थीहरु बीचको घटना हो, तपाईहरुलाई यस विषयमा बुझ्न र जानकारी लिन आवश्यक छैन।'

जिल्ला वाल कल्याण समितिका अध्यक्ष तथा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बालिकालाई कुट्ने शिक्षिका र विद्यालयका प्रिन्सिपललाई प्रशासन कार्यालयमा हाजिर गराएर छलफल गर्ने तयारी गरिएको बताउनुभयो। त्रिपाठीले भन्नुभयो– 'सत्यता सावित भएमा विद्यालयलाई कार्वाही गरि छाड्ने छौं।'

जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सरोकारवाला संघसंस्थाहरु घटनाका बारेमा अनविज्ञता प्रकट गर्दै आएका छन्। जिल्ला बालकल्याण समिति बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्लेले घटनाको अध्ययन थालिएको बताउनुभयो।

'विद्यालयमा साना बालबालिकालाई अध्ययन तथा अध्यापन गराउँदा मनोबैज्ञानिक तरिकाले सिकाउनुपर्छ त्यस्तो सिकाई मात्र दिगो हुन्छ।' विद्यालयका अभिभावक दिलिपप्रताप खाँणले भन्नुभयो– …विद्यार्थीलाई माया, ममता, दिएर फकाएर सिकाउनुपर्छ,यातना दिएर होइन, यसरी सजायँ दिदाँ विद्यार्थीको मनोबेज्ञानिक रुपमा दुरगामी असर पर्छ।'

विद्यार्थीलाई यातना दिँने प्रवृति अन्य विद्यालयहरुमा पनि लुकेर रहेको हुँदा सम्बन्धित निकायले खोजी गर्न जरुरी रहेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ। यसरी विद्यार्थीलाई जथाभावि कुटने शिक्षक र विद्यालयलाई कडा कारबाही गर्नुपर्छ अभिभावकहरु भने, विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनावश्यक रुपमा कुट्ने गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by