ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

धनकुटा 'नगर जनसरकार' घोषणा

धनकुटा/

एकीकृत माओवादीले धनकुटा नगरपालिकामा समानान्तर स्थानीय सरकार घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत नगरपालिका घेराउको कार्यक्रम राखिएकै दिन सोमबार 'नगर जनसरकार' घोषणा गरिएको हो । संघीय लिम्बुवान स्वायत्त गणराज्यको नीतिअनुसार जनप्रतिनिधि घोषणा गरेको एकीकृत माओवादी धनकुटाका सहइन्चार्ज पुष्प ढुंगानाले बताए । घोषित जनप्रतिनिधिमा नगरप्रमुख गणेश बिष्ट, उपप्रमुख कविता (विष्णुमाया) राई रहेका छन् । बिष्ट ०६० मा राजाद्वारा मनोनीत वडाध्यक्ष हुन् ।

त्यस्तै, माओवादीले वडा नं. १ मा हर्क सुब्बा, २ मा भक्त कार्की, ३ मा यज्ञ भण्डारी, ४ मा पृथ्वीसिंह राई, ५ मा हरि प्रधान, ६ मा लक्ष्मी पौडेल, ७ मा सुरेन्द्र राई, ८ मा सानुकी राई र ९ मा सुमन राईलाई वडाध्यक्ष बनाएको छ । जनप्रतिनिधिको सभामुख पुण्यप्रसाद भट्टराई तोकिएका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by