ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 7, 2009

स्वायत्त गणराज्यको घोषणा तयारी नपुगेकाले स्थगित : अध्यक्ष दाहाल

'सेना तिनका बाउका विर्ता हो?-
'विचरा, उपेन्द्र यादव थाक्छन् भन्ने डर लाग्छ ' -

उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २१ - एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्वायत गणराज्यको घोषणा कार्यक्रममा कसैको दवावमा नभई तयारी नपुगेकाले स्थगित गरेको बताएका छन्। 'कसैको दवावमा हैन , तयारी नपुगेर गणराज्य घोषणा कार्यक्रम रोकेका हौ ', उनले थपे - 'सरकार गभिर नभए अर्को चरणको आन्दोलनमा राज्य मात्र हैन , स्वायत सरकारको समेत घोषणा गर्ने छौ। ' एकिकृत माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तीकारी)को राष्ट्रिय सम्मेलन शनिबार वीरगन्जमा उद्‌घाटन गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले थालेको आन्दोलनलाई दमन गर्ने चेष्टा गरे त्यसबाट उत्पन्न हुने आँधिवेहरीले बर्तमान सरकारका सवैखाले सपना चकनाचुर पारिदिने बताए।
अध्यक्ष दाहालले आन्दोलनलाई सेना लगाएर दवाउने केहि मन्त्री तथा नेताको अभिव्यक्तिलाई मूर्ख्याईको सँज्ञा दिए। आफ्नो चिरपरिचीत शैली उनले वीरगन्जमा पनि दोहोराए। 'सेना प्रयोग गरेर आन्दोलन दमन गर्ने भन्ने पनि सुनेको छु ', आक्रोस पुर्ण स्वरमा उनले् भने - 'सेना तिनका वाउका विर्ता हो ।'

विगतका दिनमा आफ्ना टाउकोको मूल्य तोक्नेले अहिले पुन त्यस्तो धम्की दिन थालेको बताउदै दाहालले यसबाट आफूहरु रत्तीभर नडराउने बताए। 'हाम्रो जिवन त नाफाको जिवन हो ', उनले भने - 'परि आए फेरि संघर्षमा होमिन तयार छौ।'

आफ्नो भाषणको क्रममा अध्यक्ष दाहालले अधिकासं समय नेपाली कांग्रेस र एमालेको आलोचनमा विताए। सुरुका दिनमा संघियताको विरोध गर्ने यी दलले अहिले सरकार हाक्नु विडम्बनापूर्ण बताउदै यिनलाई सघाउने हालका मधेशी दलसंग समेत उनले गुनासो पोखे।

'मधेशको हक अधिकारको लागि लड्ने माओवादी पार्टीलाई पाखा लगाएर केही मधेशी दल सत्ताको मज्जा लुटेर बसेका छन् ', उनले भने -'समावेशी विधेयकको समेत विरोध गर्नेसँग टाँसिदा ती मधेशवादी दललाई लाज लाग्नु पर्ने हो।'

भाषणको क्रममा अध्यक्ष दाहालले उपेन्द्र यादव तर्फ भने खुवै साहानुभुति देखाए। मधेशी जनअधिकार फोरमलाई सरकारले पुनः फोड्ने तयारीमा रहेको दावी गरे। 'उपेन्द्र जीलाई सत्त्तामा जान नत्र पुन पार्टी विभाजन भोग्न विभन्न तिरबाट दवाव आईरहको छ ', उनले भने - 'मलाई उपेन्द्र जी थाक्नु होला भन्ने डर लाग्छ।'

माओवादी अध्यक्ष दाहालले देशी विदेशी सवै मिलेर माओवादीलाई एक्लाउने प्रयासमा लागेको समेत बताए। 'उपेन्द्र यादब माओवादीसँग मिल्ला भन्ने सवैलाई डर लागेको छ', उनले थपे - 'त्यसैले उनलाई विभिन्न खाले दवाव दिन थालेका छन्।'

संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको बारेमा हालै दिएको प्रतिक्रियालाई सरकार समर्थित दलले विरोध गर्नुको कुनै औचित्य नरहेको उनले बताए। सवै देशको साझा संगठनका अध्यक्षले बोलेको कुरालाई राजनीतिक हस्तक्षेप देख्ने तर अन्य वाह्य शक्तिले सरकार परिवर्तन गराउने खेल खेल्दा भने् चुप लाग्ने बर्तमान सरकार लाचार सरकार रहेको उनको टिप्पणी थियो।

हारेका व्यक्तिहरुको बर्तमान सरकारले संविधान बनाउने अधिकार नभएको भन्दै दाहालले राष्ट्रिय सरकारको विकल्प नरहेको बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by