ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 6, 2009

डा. भट्टराई र कोइरालावीच छलफल

काठमाडौं (दैनिकी)

नागरिक सर्बोच्चताको माग गर्दै सडक आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालावीच शुक्रबार अपरान्ह छलफल भएको छ । कोइराला निबास महाराजगंजमा भएको छलफलमा कोइरालाले बिचको बाटो खोज्न आग्रह गर्नुभएको थियो । छलफलपछि डा. भट्टराईले भन्नुभयो- दुवैपक्षलाई मान्य हुने 'मिडवे' खोजौं भन्ने प्रस्ताव कोइरालाले राख्नुभयो । 'तपाई-हामी मिलेरै शान्ति प्रकृयालाई यहाँसम्म ल्याएका हौं, अब पनि मिलेरै जानुपर्छ, नत्र देश बर्वाद हुन्छ'- कोइरालालाई भनाई उद्धृत गर्दै भट्टराईले भन्नुभयो ।

आफुहरु पनि सहमतिकै पक्षमा रहेको भन्दै भट्टराईले मध्यमार्गी निकाशका लागि आफ्नो दल तयार रहेको बताउनुभयो । सहमतिका बिकल्पबारे छलफल भयो ? भन्ने प्रश्नमा भट्टराईले भन्नुभयो- अर्को चरणको छलफलमा बसेपछिमात्र बिकल्पमाथि छलफल हुन्छ ।

'जसरी पनि सहमति गर्नुपर्ने' आफ्नो प्रस्ताव पार्टीका साथीहरुसंग छलफल गर्ने र अर्को छलफलका लागि खबर गर्ने कोइरालाले बताउनुभएको भट्टराईले जानकारी दिनुभयो । नागरिक सर्बोच्चताको बिषयलाई हल गर्न कोइरालासंग गम्भीर छलफल भएको भट्टराईको भनाई थियो । भट्टराई माओवादीले गठन गरेको संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

राष्ट्रपतिको असंबैधानिक कदमका बिषयमा सदनमा छलफल गर्न पाउनुपर्ने आफ्नो न्यूनतम माग भएको भट्टराईले दोहोराउनुभयो । नागरिक सर्बोच्चता कायम गर्न माग गर्दै माओवादीले गत कार्तिक १५ गतेबाट सडक आन्दोलन थालेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by