ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

एक हप्तामा ४४ जना बालबालिका हराए

काठमाडौ‌- 

राजधानीमा एक हप्तामा करिब ४४ जना बालबालिका हराएका छन्। बालबालिका खोज तलास समन्वय केन्द्रका अनुसार कात्तिक ७ गतेदेखि १३ गतेसम्म हराएका ती बालबालिकामध्ये ३२ जना भने फेला परिसकेका छन्। हराएकामध्ये २५ जना बालक छन् भने १९ जना बालिका रहेका छन्। तीमध्ये १५ जना बालक र १७ जना बालिका फेला परिसकेको सो केन्द्रले जनाएको छ। सो केन्द्रका प्रमुख प्रहरी निरीक्षक मालती शाहीले चाड पर्वका बेला धेरै बालबालिका हराउने गरेको जानकारी बताए।

यसरी हराएर फेला परेका बालबालिकामध्ये कतिपयलाई गैरसरकारी संस्थाद्वारा सञ्चालित बालगृहमा राखिएको छ भने कतिपयलाई आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिए।सोही समयमा १० जना बेवारिसे बालबालिका फेला परेको समेत उहाँले जानकारी गराए।

हराउने तथा फेला पर्ने बालबालिकाहरुको उमेर समूह १०देखि १५ सम्मको हुने गरेको र ती बालबालिका उपत्यका नजिकका काभे्र, धादिङ, नुवाकोटलगायतका जिल्लाबाट आउने गरेको समेत सो केन्द्रले बतायो। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by