ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 2, 2009

अखाद्य कालो नुन आयात; भारतमै फिर्ता पठाइने



महेश चौरसिया/बाँके,

साल्ट ट्रेडिङ कर्पोरेसनको नेपालगन्जस्थित कार्यालयले करिब चार हजार बोरा २ सय ५० टन कालो नुन आयातित कम्पनीलाई फिर्ता पठाउने भएको छ ।  भारतको गुजरातस्थित बिडी साल्ट कम्पनीबाट मगाइएको नुन साउनमा नेपालगन्ज आइपुगेको थियो । 'कालो टुक्रा मिसिएको नुन खान नमिल्ने भएकाले कम्पनीलाई फिर्ता पठाउने तयारी भइरहेको छ,' साल्ट ट्रेडिङका निमित्त प्रमुख मनोज चौधरीले भने, 'त्यसका लागि कम्पनीसँग केन्द्रबाटै कुराकानी जारी छ ।' साल्ट टे्रडिङको केन्द्रीय कार्यालयले गुजरातको साल्ट कम्पनीलाई गुणस्तरहीन नुनबारे पत्राचार गरेर खबर गराइसकेको उनले बताए । उक्त नुन प्रयोगविहीन अवस्थामा गोदाममा थन्किएको छ । गोदाममा रहेको २५ सय टन नुनमध्ये ४ हजार बोरामा रहेको २ सय ५० टन कालो टुक्रा मिसिएको छ । 

साल्ट टे्रडिङले कालो मिसिएको गुणस्तरहीन नुन आयात गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । साल्ट टे्रडिङका निमित्त कार्यालय प्रमुख मनोज चौधरी र अर्का कर्मचारी नागेन्द्र थापाले कमिसन खाएर एक लाख क्विन्टल कालो मिसिएको नुन आयात गरेको दाबी गर्दै साताअघि अख्तियारमा उजुरी परेको थियो । 

कमिसन खाएर नुन आयात गरे/नगरेकोे अनुसन्धान प्रक्रिया जारी रहेको अख्तिायारका उपसचिव विभूतिराज कोइरालाले बताए । अख्तियारले दुईपटक कार्यालयको निरीक्षण गरिसकेको छ । ल्याब परीक्षणका लागि क्षेत्रीय खाद्य प्रयोगशालाले नुनको नमुना संकलन गरी काठमाडौं पठाइसकेको छ । 

'साउनमा मगाइएको नुन पानीले भिजेकाले कालो भएको हुन सक्छ,' चौधरीले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by