ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 6, 2009

'गणराज्य घोषणा प्रचारात्मक मात्रै'

राजु अधिकारी, झापा- 

गणराज्य घोषणा कार्यक्रम पार्टीको प्रचारात्मक कार्यक्रम मात्र भएको खुलासा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। स्वायत्त गणराज्य घोषणा कार्यक्रमले 'समस्या ल्याएको' बताउँदै दाहालले स्थगन गरेको बताए। 'गणराज्य घोषणा कार्यक्रम स्थगन गरेका छौं' अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार झापामा सञ्चारकर्मीसँग भने - 'यसले समस्या ल्याउने जस्तो देखियो।' तत्कालीन सेनाप्रमुख रुक्मांगत कट्वालको बर्खास्तगी प्रकरणमा राष्ट्रपतिले चालेको कदमले नागरिक सर्वोच्चता हरण गरेको भन्दै आन्दोलनमा जुटेको माओवादीले कर्तिक २३ गते १३ गणराज्य घोषणा कार्यक्रम' तय गरेको थियो। बिराटनगरबाट ती राज्य घोषणा गरी सामानान्तर शक्ति अभ्यास थाल्ने बताएको माओवादीले कार्यक्रमको 'मर्म'लाई गलत ढंगले बुझिएको ठहर गरेको छ।

'यो प्रचारात्मक मात्रै थियो', घोषणाको आधार पनि सार्वजनिक थिएन' इलामको जनसभालाई सम्बोधन गरी फर्केका दाहालले भने- 'तर, यहाँ त्यसबारेकोे बुझाई नै गलत भयो, समस्या त्यसैले ल्याएको हो।' उनले त्यो 'गलत बुझाई' र 'समस्या' बारे भने प्रष्ट पारेनन्। यद्यपि त्यसअघि नै पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले गणराज्य घोषणालाई जातीय आधारमा हेरिन थालेको र संघीयताको बहस नै गलत दिशातिर उन्मुख भएको बताएका थिए।

अध्यक्ष दाहालले आन्दोलनलाई ऊर्जा दिन यो कार्यक्रम तय भएको बताए।  एक अर्को प्रसंगमा दाहालले नागरिक सर्वाेच्चता स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए। आफू बाहेकका २२ दलको संयुक्त बैठकले सरकारमा सहभागी हुन गरेको आमन्त्रणलाई उनले अस्वीकार गरे।

'मलाई बडो गजब लाग्छ' सञ्चारकर्मी सँग ठट्यौलो पारामा प्रस्तुत हुँदै उनले थपे- 'यो २२ दल भन्ने नै कहाँ छ? यो हिजोको कुरा हो, आज स्थिति त्यस्तो छैन।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by