ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 6, 2009

अन्तर्राष्ट्रिय बायोग्यास सम्मेलन हुने


नयाँ पत्रिका-काठमाडौं

काठमाडौंमा २४ देखि २६ कात्तिकसम्म अन्तर्राष्ट्रिय बायोग्यास सम्मेलन हुने भएको छ । सम्मेलनमा नेपाल, भारत, जर्मनी, नेदरल्यान्डलगायत २५ मुलुकका एक सय ५० जना सहभागी हुनेछन् । सम्मेलन समापनमा राष्ट्रपति रामवरण यादव प्रमुख अतिथि हुने बताइएको छ । सम्मेलनका क्रममा लघुव्यापारिक प्रदर्शनी आयोजना हुनेछ । नेपाल, चीनलगायत मुलुकका बायोग्यास निर्माता कम्पनीले प्रदर्शनीमा भाग लिनेछन् । नेपालमा घरायसी प्रयोगका लागि बनेका बायोग्यास प्लान्टको संख्या गत साउनसम्म दुई लाख चार हजार पाँच सय पुगेको छ । यसबाट ९२ लाख २७ हजार मानिस लाभान्वित भएका छन् भने करिब ११ हजारले रोजगारी पाएको नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी)ले जनाएको छ ।

सन् १९९२ मा सरकार र नेदरल्यान्ड सरकारको संयुक्त प्रयासबाट बायोग्यास क्षेत्र सहयोग कार्यक्रम सुरु भएको थियो । सन् १९९७ मा जर्मन सरकारका तर्फबाट जर्मन विकास बैंक केएफडब्ल्युले पनि यस कार्यक्रमलाई अनुदान तथा ऋण सहयोग उपलब्ध गराउन सुरु गरेको थियो ।

कार्यक्रमको कार्यान्वयन सरकारी निकाय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ भने प्राविधिक सहयोग एसएनभी नेपालले प्रदान गर्छ । यसैगरी बिएसपी नेपालले कार्यक्रम लागू गर्छ । बायोग्यास निर्माण निजीक्षेत्रका कम्पनीले गर्छन् ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by