ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

'अन्तर्राष्ट्रिय चाहना राष्ट्रिय सहमतिको सरकार'




राष्ट्रसङ्घीय महासचिव वान की मुनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा दिएको राजनीतिक प्रतिवेदनमा नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्या छ', दाहालले बुधबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसाग भने, 'त्यो र हाम्रो भनाइ मिल्छ, मुनले बोलेको एउटा व्यक्तिले बोलेको होइन, अन्तर्राष्ट्रिय समुदायको धारणा हो ।' 

भद्रपुर - लीला बराल

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने अन्तर्राष्ट्रिय समुदायको चाहना र आफ्नो पार्टीको धारणा मिलेको दाबी गरेका छन् । 'राष्ट्रसङ्घीय महासचिव वान की मुनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा दिएको राजनीतिक प्रतिवेदनमा नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्या छ', दाहालले बुधबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसाग भने, 'त्यो र हाम्रो भनाइ मिल्छ, मुनले बोलेको एउटा व्यक्तिले बोलेको होइन, अन्तर्राष्ट्रिय समुदायको धारणा हो ।' लोकतान्त्रिक मान्यता बोकेको कसैले पनि संविधानसभाको ठूलो पार्टी माओवादीको नेतृत्व वा माओवादी समेतको सरकार बनेको देख्नु स्वाभाविक भएको दाहालले उल्लेख गरे ।
राष्ट्रसङ्घीय महासचिव मुनको प्रतिवेदनलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्तले वैदेशिक हस्तक्षेपको संज्ञा दिादै मङ्गलबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । माओवादीका अध्यक्षले मङ्गलबार राजधानीमा सम्पन्न तीन दलका शीर्ष नेताको अनौपचारिक छलफलले अझै सहमतिको सम्भावना महसुस गरेकाले १२ बुादे सहमति देखिकै समीक्षा गर्न र भएका त्रुटी सच्याउन तीन दलीय संयन्त्र निर्माण गरेको बताए । 

दाहालले आफ्नो पार्टीको आन्दोलनले शान्ति प्रक्रिया भङ्ग हुन्छ भन्नु भ्रमपूर्ण अफवाह भएको भन्दै शान्तिपूर्ण आन्दोलनले सहमतिको वातावरण तयार गर्ने दाबी पनि दोहोर्याए । 'आन्दोलन जति व्यापक हुन्छ सहमति पनि त्यति नजिक हुन्छ' माओवादी नेताले भने, 'आन्दोलन लिएर सिंहदरबारसम्म पुग्दा सहमति हुनेमा मलाई विश्वास छ ।'

हाल चलिरहेको आन्दोलन पार्टीको पूर्ण नियन्त्रण रहे पनि धनकुटालगायत केही छिटफुट स्थानमा कमजोरी भएको प्रचण्डले स्वीकार गरे । धनकुटा घटना सच्याउन र आवश्यक कारबाही गर्न निर्देशन गरिसकेको उनले उल्लेख गरे । संविधान मिचिएको र नागरिक सर्वोच्चता कुण्ठीत गरिएको विषयलाई गम्भीरता साथ सच्याउने काम हुनासाथ राष्ट्रिय सहमतिको सरकार बन्ने दाहालले बताए । 

आफूले हालै भेटेका विदेशी कुटनीतिज्ञहरुले पनि प्रजातन्त्रमा शान्तिपूर्ण आन्दोलन स्वाभाविक रहेको प्रतिक्रिया दिादै संविधान निर्माण र शान्ति प्रक्रियामा निरन्तर सहयोगको चाहना व्यक्त गरेको दाहालले उल्लेख गरे । माओवादी अध्यक्ष दाहाल बिहीबार इलाममा हुने पार्टीको लिम्बूवान राज्य समिति स्तरीयसभालाई सम्बोधन गर्न भद्रपुर हुादै आएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसाग कुरा गर्दा दाहालले शान्त र संयमित रुपमा प्रस्तुत भएका थिए ।

उनले कुराकानीमा कसैप्रति अपि्रय लाञ्छनायुक्त शब्द प्रयोग गरेनन् । साथमा पत्नी सीत्ाा पनि थिइन् । उनलाई झापाका थोरै अगुवा कार्यकर्ताले स्वागत गरेका थिए । उनको स्वागतमा प्रमुख जिल्ला अधिकारी एवम् प्रहरी प्रमुखहरु पुगेका थिए । जतिखेर प्रजिअ नरेन्द्र दाहाल, सहायक प्रजिअ लेखनाथ पोखरेल दाहाललाई स्वागत गर्न पुगेका थिए त्यस बखत प्रजिअ कार्यालयमा माओवादी घेराउका कारण कामकाज ठप्प रहेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by