ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 4, 2009

उत्पादनशील जग्गाको बिक्री वितरण रोक्नु पर्छः प्रधानमन्त्री नेपाल

काठमाडौ- 

प्रधानमन्त्री माधवकुमार नेपालले उत्पादनशील जग्गामा बस्ती बढ्दै गएपछि खाद्य संकट बढेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको बिक्रीबितरणमा रोक लगाउनुपर्ने बताएका छन् । 'राम्रो उत्पादन हुने ठाउँमा बस्ती बढ्दै गएको छ । यो क्रम जारी रहेमा भविष्यमा उत्पादन हुने ठाउँमा बस्ती बढ्नेछ' उनले खाद्य सुरक्षा सम्बन्धी एक गोष्ठीमा बुधबार भने, 'यसलाई नियन्त्रण गर्नका लागि हामीले राष्ट्रिय स्तरमा सही भू-उपयोग नीति तयार गर्नुपर्छ ।' उनले हालको वस्ती-आवासको व्यवस्थामा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै छुट्टाछुट्टै प्लटमा छुट्टाछुट्टै घर बनाउने वा एउटै प्लटमा धेरै घर बनाउने बारे पनि नीतिको आवश्यकता रहेको बताए । 

'कतिपय उत्पादनशील ठाउँमा जग्गाको खरिद-बिक्री बन्द गर्नुपर्ने हुन्छ, उत्पादनका लागि' उनले भने, 'यदि हामीले यी काम गर्न सकेनौं भने गरिबको संख्या विस्तार हुँदै जानेछ ।' 

उनले खाद्य सम्प्रभुताका चारवटा आधारस्तम्भ हुनेसमेत उल्लेख गरे । प्रधानमन्त्री नेपालका अनुसार खाद्यको उपलब्धता, खाद्यको आपूर्ति, खाद्यमा पहुँच र खाद्यको उपभोग ति आधारहरु रहेको उनले बताए । 

'एक समयमा खाद्यान्न निर्यात गर्ने मुलुक अहिले खाद्यान्नका लागि अरु मुलुकमा निर्भर हुनुपरेको छ' नेपालको सन्दर्भ उल्लेख गर्दै उनले भने, 'खाद्यान्न उत्पादनमा हामी आत्मनिर्भर हुन सकेनौं भने हामी ठूलो खाद्य संकट -फुड डिफिसिट) मा पर्नेछौं ।' 

अहिले बढ्दै गएको विश्वव्यापीकरण र आर्थिक उदारीकरणका कारण जनताको खाद्य अधिकार क्रमशः सङ्कटमा परिरहेको समेत उनले आशंका ब्यक्त गरे । भोकमरी, अभाव र गरिबी विश्वका साझा शत्रुका रूपमा रहेको उल्लेख गर्दै यी चुनौतीलाई पराजित नगरी खाद्य सम्प्रभूता सुनिश्चित गर्न नसकिने धारण पनि प्रधानमन्त्री नेपालले राखे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by