ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

एकीकृत माओवादीको आन्दोलन आजबाट सुरु हुने

अनलाईन खबरबाट साभार
काठमाडौं, १५ कार्त्तिक

नागरिक सर्बोच्चताको लागि भन्दै एकीकृत नेकपा माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन आजबाट शुरु हुने भएको छ। आन्दोलनको पहिलो दिन आज देशभर मशाल जुलुश कार्यक्रम राखिएको छ।काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा साँझ पौने ६ बजे एकैसाथ माओवादीले विशाल मशाल जुलुश निकाल्ने कार्यक्रम तय गरेको छ । यसका लागि जनवर्गिय सङ्गठनहरुलाई मशाल जुलुश निकाल्न निश्चित स्थान तोकिएको छ ।
जसअनुसार काठमाडौंको पुरानो बसपार्कबाट मजदुरहरुले, दरबारमार्गको महेन्द्र शालिकबाट विद्यार्थीहरुले, महावौद्धबाट गणतान्त्रिक मञ्चहरुले र बुद्धिजीवी तथा अन्यले महाङ्काल मन्दिरबाट एकसाथ मशाल जुलुश निकाल्ने छन् । सबै टोलीको मशाल जुलुश बागबजार, पुतलीसडक, नयाँसडक हुँदै टुडिखेलमा आएर समापन हुनेछ ।
काठमाडौंको मशाल जुलुसमा पार्टीका शीर्ष नेतृत्व पनि सहभागी हुने एकीकृत माओवादी नेवाः राज्य समितिले जनाएको छ ।
यसैगरी ललितपुरको मङ्गलबजारबाट सुरु हुने मशाल जुलुश पुल्चोक पुगेर र भक्तपुरको सूर्यमढीबाट सुरु हुने मशाल जुलुश सिद्धपोखरीमा पुगेर अन्त्य हुनेछ ।
माओवादीले मशालजुलुस लगायत आन्दोलनका सबै कार्यक्रममा संयमित भएर उपस्थित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । उसले घुसपैठ रोक्न र शान्तिपूर्ण रुपमा आन्दोलन सफल पार्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए प्रतिकार गर्ने माओवादीले यसअघि नै बताइसकेको छ ।
आफ्नो नेतृत्वको सरकारद्वारा बर्खास्त तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई थमौति गर्ने राष्ट्रपति डा. रामबरण यादवको असंवैधानिक कदम राजनीतिक सहमतिमा सच्चाउन माओवादीले आजसम्मको अल्टिमेटम दिएको थियो । सङ्कल्प प्रस्ताबमा राष्ट्रपतिको कदमलाई स्पष्ट रुपमा गलत भएको उल्लेख गर्न माओवादीले गरेको मागमा सत्ता साझेदार दलले असहमति जनाएपछि एकीकृत माओवादीले उपत्यका नाकाबन्दी, स्वायत्त गणराज्य घोषणा लगायतका आन्दोलन सार्बजनिक गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by