ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

बाबु पहिचान नभए अंगीकृत नागरिकता

काठमाडौ

बाबुको पहिचान नभएका सन्तानलाई अंगीकृत नागरिकता दिने प्रावधान नयाँ संविधानमा राख्ने प्रस्ताव गरिएको छ । संविधानसभाको मौलिक हक समितिले बाबुको पहिचान नभएको अवस्थामा नागरिकतै नपाउने स्थितिको अन्त्यका लागि यो प्रावधान राख्ने सहमति जुटाएको हो ।  यसबाट बाबुको पहिचान नभएका, बलात्कारलगायत घटनाबाट जन्मिएकाले सहज रूपमा नागरिकता पाउनेछन् । परम्परागत रूपमा वादी र देउकी प्रथाबाट जन्मेका सन्तानले पनि सहजै पाउन सक्नेछन् । अहिले बाबुको पहिचान नभएकालाई नागरिकता लिन निकै समस्या छ । आमाको नामबाट पाउने व्यवस्था भए पनि निकै कानुनी झन्झट बेहोर्नुपर्छ । बाबुको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेलगायत कारणबाट धेरैले सहज रूपमा प्राप्त गर्न सकेका छ्रैनन् ।
प्रावधानलाई अंगीकृत नागरिकताको धाराभित्र उपधाराको रूपमा राखिने समितिकी सभापति विन्दा पाण्डेले जानकारी दिइन् । उनका अनुसार समितिले शनिबार नागरिकतासम्बन्धी भागको मस्यौदा पारित गरेको हो । मस्यौदामा प्रस्तावित प्रावधानमा झन्डै डेढ दर्जन सभासदले फरक मत राखेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by