ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

नेपाली माओवादीका कारण भारतीय नेताबीच 'झगडा'

काठमाडौँ- 

नेपालका माओवादीहरुसँगको सम्बन्धलाई लिएर भारतीय नेताहरुबीच चर्को आरोप प्रत्यारोप भएको छ। यो विवादको सुरुवात तृणमुल कंग्रेस पार्टीकी प्रमुख ममता बेनर्जीले हिजो आयोजित एउटा सभामा गरेको भाषणबाट सुरु भएको हो। भारतीय पत्रिका आउटलुकका अनुसार सभामा उनले भनेकी थिइन्, "भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले नेपालबाट माओवादीहरु आयात गर्दै उनीहरुलाई हतियार दिएर जनतालाई आतंकित पार्ने काम गरिरहेको छ। भाकपा मार्क्सवादी र माओवादी जुम्ल्याहा हुन्। दुवै हत्यारा हुन् र दुवैलाई पश्चिम बंगालको भूमिमा कुनै स्थान छैन"
भाकपा (मार्क्सवादी)ले पनि यसको जवाफमा उल्टै ममताको सम्बन्ध माओवादीसँग रहेको आरोप लगायो। त्यसको जवाफ दिँदै रेलमन्त्री समेत रहेका बेनर्जीले आज सोनाचुरामा आयोजित सभामा आफ्नोसम्बन्ध माओवादीसँग रहेको भए आफूलाई गिरफ्तार गर्न चुनौती दिएकी छिन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by