ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 1, 2009

फोरम पनि आन्दोलनको तयारीमा

काठमाडौ

विगतमा भएका सम्झौताहरुकोको कार्यान्वयनको माग गर्दै मधेशी जनअधिकार फोरमले आइतबार प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । माओवादीले आन्दोलन सुरु गरेकै दिन फोरमले पनि आन्दोलनको चेतावनी सहित ज्ञापन पत्र बुझाएको हो । फोरमले उपराष्ट्रपतिको क्रियाशिलताको माग पनि गरेको छ । ज्ञापनपत्रमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा घोषित गरी उपराष्ट्रपतिको क्रियाशिलताको माग गरिएको छ । नौ बुंदे ज्ञापन पत्रमा आफ्नो पार्टीसंग भएको २२ बुंदे र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएको ८ बुंदै सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न तथा मधेश आन्दोलनका बेला आफ्ना कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिन पनि माग गरिएको छ । 

सरकारले ल्याएको समावेशी विधेयक तत्काल पारित गर्न पनि माग गरिएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन फोरम अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष जयप्रकाश गुप्ता लगायतका नेताहरुको प्रतिनिधी मण्डल बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीसंगको भेटपछि संचारकर्मीसंग कुरा गर्दै सह अध्यक्ष गुप्ताले लामो समयदेखि मधेशीको मुद्दामा सरकार उदासिन रहेकाले ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराइएको बताए । माग पूरा नभए आफूहरु पनि आन्दोलनको तयारीमा रहेको उनले बताए । ज्ञापन पत्र बुझेर प्रधानमन्त्रीले माग बारे पुनःछलफल गर्ने बताएको गुप्ताले जानकारी दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by