ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 7, 2009

टेलिकमलाई तामाकोसीको सेयर


काठमाडौं/ 

नेपाल विद्युत् प्राधिकरण माथिल्लो तामाकोसी परियोजनामा नेपाल टेलिकमलाई सेयर दिन सहमत भएको छ । टेलिकमले सेयर माग गरे पनि प्राधिकरणले ऋण दिन आग्रह गरेको थियो । टेलिकमले ऋण नदिने अडान लिएपछि प्राधिकरण सेयर दिन लचिलो भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । प्राधिकरणले टेलिकमसँग ६ अर्ब रुपैयाँ माग गरेको छ । त्यसमध्ये कति ऋण र कति सेयरमा बाँड्ने विषयमा टेलिकम र प्राधिकरणबीच शनिबार बैठक बस्ने भएको छ । दोलखास्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको अनुमानित लागत ३४ अर्ब रुपैयाँ छ । प्राधिकरणले कर्मचारी सञ्चय कोषबाट १२ अर्ब, राष्ट्रिय बिमा संस्थानबाट दुई अर्ब, नागरिक लगानी कोषबाट दुई अर्ब र हिमालयन बैंकको नेतृत्वमा बैंकहरूबाट ६ अर्ब ऋण लिई परियोजना निर्माण प्रस्ताव गरेको थियो ।
बैंकबाट कर्जा लिने विषयमा थप सहमति हुन नसकेपछि प्राधिकरणले टेलिकमसँग ऋण मागेको हो । प्राधिकरणले आप\mनो ५१ प्रतिशत सेयर रहने गरी परियोजना लगानी संरचना प्रस्ताव गरेको छ ।

प्राधिकरणले तामाकोसीमा सेयर हिस्सा छुट्टयाइसकेकाले आगामी आयोजनामा सेयर दिने प्रतिबद्धतासहित ऋण दिन टेलिकमलाई आग्रह गरेको थियो ।

प्राधिकरणले स्थानीयवासी, ऋणी कम्पनी कर्मचारी र प्राधिकरण कर्मचारीका लागि सेयर छुट्टयाएको छ । प्राधिकरणले टेलिकमलाई आप\mनो भाग कटाएर सेयर दिने भएको हो । अब प्राधिकरणको सेयर हिस्सा ५१ प्रतिशतबाट घट्नेछ । टेलिकमले लगानी गर्ने नयाँ मोडलमा छलफल भइरहेको ऊर्जामन्त्री डा. प्रकाशशरण महतले बताए । तर, छलफल जारी रहेकाले संरचनाबारे भन्न नमिल्ने उनको भनाइ थियो ।

६६ करोडभन्दा बढीको आवेदन

महेन्द्रनगर/ महाकाली विकास बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको ८१ लाख ८० हजारको सेयरका लागि साढे ६६ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । सेयरका लागि आवेदन आह्वान गरिएको अन्तिम दिन शुक्रबारसम्म ६६ करोड ६४ लाख ३० हजार ६ सय बराबरको आवेदन परेको महाकाली विकास बैंकले जनाएको छ ।

बैंकले ८१ लाख ८० हजार बराबरको एक सय रुपैयाँका ८१ हजार ८ सय सेयर निष्कासन गरेको थियो । ती सेयरका लागि देशभरबाट ५५ हजार दुई सय चारवटा आवेदन परेको बैंकका कार्यकारी निर्देशक सुदर्शन जोशीले जानकारी दिए ।

त्यस्तै, बैंकको महेन्द्रनगरस्थित प्रधान कार्यालयमा भने तीन सय १९ वटा आवेदनमात्र परेका छन् । प्रधान कार्यालयमा ५९ लाख ३७ हजार तीन सय रुपैयाँबराबरको आवेदन परेको बैंकले जनाएको छ । कुल आवश्यकताभन्दा ८१ दशमलव ४७ गुणा बढी रकमका लागि आवेदन परेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by