ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 2, 2009

'डराएर राजीनामा दिन्न'- परमानन्द झा



श्यामसुन्दर शशि/जनकपुर 

पद निष्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाले सरकार,अदालत वा बम, गोलाबाट डराएर राजीनामा नदिने बताएका छन् । सोमबार अपरान्ह जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपराष्ट्रपति झाले भने-'सर्वोच्चले मलाई निष्कृय बनाएको छ । सरकार र राजनीतिकदलहरु ले कुनै वास्ता गरेका छैनन । मेरो निवासको वरिपरी बम फालिन्छ तर म डराएर राजिनामा दिने वाला छैन ।' संचारकर्मीहरुको जिज्ञासामा उनले भने घर र निवास वरिपरी वम फालिएको घटनाले मेरा परिवारका सदस्यहरु चिन्तित हुन्छन् तर म अलिकति पनि डराएको छैन । 'म माथि पहाडे र मधेसी दुबै जनताको समान सद्भाव छ'-उनले भने ।
गत शनिवार जनकपुरमा आयोजित महाकवि विद्यापति स्मृति दिवसको मुख्य अतिथीको रुपमा उनी जनकपुर आएका हुन् । झा नेपाल राष्ट्र बैंकको अतिथी गृहमा बसेका छन् । बैंक व्यवस्थानले उनलाई अतिथी गृहभित्र पत्रकार सम्मेलन गर्ने अनुमति नदिए पछि विद्यापति चौक स्थित दुर्गा भवनमा संचारकर्मीहरुसंग भेटेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by