ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

मन्त्रिपरिषद् ४२ सदस्यीय

एक मन्त्रीद्वारा हिन्दीमा शपथ-


मन्त्रिपरिषद् फेरि विस्तार हुने-

काठमाडौं, भदौ १७ (नागरिक)- बुधबार छैटौं पटक मन्त्रिमण्डल विस्तार भएको छ। मन्त्रिमण्डलमा २ मन्त्री, ६ राज्यमन्त्री र १ सहायक मन्त्री सहित ९ जना थपिएका छन्। अब मन्त्रीमण्डल ४२ सदस्यीय भएको छ। मन्त्रिपरिषद विस्तारमा तराई मधेश लोकतान्त्रिक पार्टीका मन्त्री थपिएका छैनन्।

नवनियुक्त मन्त्रीहरुमा सदभावना पार्टीका लक्ष्मणलाल कर्ण- विना विभागीय र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझा-महिला, बालबालिका तथा समाज कल्याण छन्। थपिने राज्यमन्त्रीहरूमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का करिमा बेगम (कृषि तथा सहकारी), शत्रुघ्नप्रसाद सिंह कोइरी (पर्यटन तथा नागरिक उड्डयन), सञ्जयकुमार साह (भौतिक योजना तथा निर्माण) र रामवचन अहिर यादव (महिला, बालबालिका तथा समाज कल्याण) छन्।



राष्ट्रिय जनशक्ति पार्टीका इन्द्रप्रसाद ढुङ्गेललाई (विज्ञान तथा प्रविधि राज्यमन्त्री) र सद्‌भावना पार्टीका सरोजकुमार यादवलाई (वाणिज्य तथा आपूर्ति राज्यमन्त्री) बनाइएको छ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का कलावतीदेवी दुसाधलाई (भौतिक योजना तथा निर्माण सहायक मन्त्री) को जिम्मेवारी दिइएको छ।
कसलाई मन्त्री बनाउने भन्ने कुराको टुंगो नलाग्दा तराई मधेस लोकतान्त्रिक पार्टीले भने बुधबार मध्यान्हसम्म पठाएको थिएन। प्रधानमन्त्री माधवकुमार नेपालले तीन मधेशी दलका ११ र जनशक्तिका १ जना गरी १२ सदस्य थपेर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर अन्तिम समयसम्म तमलोपाका तर्फबाट मन्त्रीको सूचि नपाए पछि मन्त्रिमण्डल पुनर्गठन गरिएको हो।
जेठ ११ मा प्रधानमन्त्री भएका नेपालले छैटौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारपछि मन्त्रिपरिषद् ४२ सदस्यीय भएको छ। यसअघि मन्त्रिपरिषद् ३३ सदस्यीय थियो। यो मन्त्रिपरिषद् २०५२ सालको शेरबहादुर देउवा सरकारपछिको जम्बो हो। नेपालले यसअघि जेठ २१, असार ३, असार १०, असार १९ र साउन १४ मा मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्।
मन्त्रिपरिषद् थप विस्तार हुन सक्ने फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप प्रधानमन्त्री विजयकुमार गच्छदारले बताए। उनले २२ दलको गठवन्धका सरकार भएकाले प्रधानमन्त्री नेपालले फेरि पनि मन्त्रिपरिषद विस्तार गर्नुपर्ने बताए।

मन्त्रीद्वारा हिन्दीमा सपथ

बुधबार शपथ लिएकामध्ये सदभावना पार्टीका लक्ष्मणलाल कर्णले हिन्दीमा शपथ लिए। शपथ ग्रहण कार्यक्रममा नेपाली कङ्ग्रेसका मन्त्री भने उपस्थित भएनन्। उनले विगतमा पनि मन्त्रीहरुले हिन्दीमा सपथ लिएकाले आफूले पनि हिन्दीमा सपथ लिएको प्रतिक्रिया दिए। फोरम लोकतान्त्रिका तर्फबाट मन्त्री बनेका ओझाले भने अवध भाषामा सपथ लिएका थिए।

शपथ लिएका राज्य र सहायक मन्त्रीहरु मध्ये धेरैले हिन्दी र आफ्नै मातृभाषामा सपथ लिएका थिए।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई सरकारमा सामेल हुन आग्रह गर्दै यसका लागि सबै ढोका खुला भएको बताए। उनले भने- 'माओवादी सरकारमा आउँछन् भने मन्त्रिपरिषद् पुनर्गठन गर्न तयार छु।'
सपथ ग्रहण समारोहमा कांग्रेसका मन्त्री अनुपस्थित भएको बारे सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, 'यो सामान्य कुरा हो। खै किन आउनु भएन थाहा भएन।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by