ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009


उपराष्ट्रपति पदका लागि निर्वाचनको मिति तय गर्नुपर्छः बिजुक्छे 


मकर श्रेष्ठ
भक्तपुर, भदौ १६ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छेले उपराष्ट्रपतिको पद स्वत खाली भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।


भक्तपुरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बिजुक्छेले उपराष्ट्रपतिको पद खाली भएकोले निर्वाचनको मिति तय गर्नु पर्ने बताए । 'सर्वोच्व अदालतले सपथ लिन दिएको एक साताको म्याद सकिसकेको छ,' उनले भने-'त्यसैले अर्को उपराष्ट्रपतिका लागि मिति तत्काल तय गर्नु पर्छ ।'


सर्वोच्च अदालतको फैसला नमान्नु पागलपन भएको बताउदै उनले उपराष्ट्रपतिबाट बर्खास्त भइसकेका झालाई पुन सोही पदमा टिकाउन अब राजनीतिक सहमति खोज्न नहुने बताए ।


'उपराष्ट्रपति परमानन्द झालाई दिदै आएको सुरक्षा, सेवा सुविधा तत्काल हटाउनु पर्छ,' उनले भने । उनले झाले बिदेशी भाषा हिन्दीमा सपथ लिनु दुर्भाग्य भएको बताए । नेपालीमा सपथ नलिएपनि मातृ भाषा मैथलीमा लिन सक्ने बाटो अबलम्बन नगर्नु ठूलो चूनौती भएको उनको भनाइ थियो ।


न्यायधीश भइसकेका व्यक्तिले कानुन उलंघन गर्नु अपराध भएको बताउदै बिजुक्छेले झालाई उपराष्ट्रपतिमा टिकाउनु ऐन कानुन र संविधान बदल्न खोजे गलत हुने बताए ।


नागरिक सवोच्चताको माग गर्दै माओेबादीले गरेको संसद अबरुद्ध सत्तामा जाने दाउ भएको उनले आरोप लगाए । 'सत्तामा गएर केही गर्न नसक्ने माओबादीले आफनो कमी कमजोरी लुकाउन संसद अबरोध गर्दै आएको हो, ' उनले भने ।


जिल्ला विकास समिति भक्तपुरले आयोजना गरेको आर्थिक बर्ष ०६५/६६ को बाषिर्क प्रगति समिक्षाको उद्घाटन गर्दै बिजुक्छेले स्थानीय निकायको विकास हेर्न चाहे स्थानीय निकायको पुनः स्थापना गर्नु पर्ने बताए । जनप्रतिनिधि नभएसम्म स्थानीय स्तरमा विकास हुन नसक्ने उनले बताए । सरकारले स्थानीय निकाय पुनः स्थापना गर्न नसके स्थानीय निकायको निर्वाचन गर्नु पर्नेमा उनले जोड दिए ।


स्थानीय विकास अधिकारी प्रभा पाण्डेले गत आर्थिक बर्षमा बिनियोजन गरेको सम्पूर्ण कार्य सफल रुपमा गरेको बताइन् । गोष्ठीमा जिविसका योजना अधिकृत गिरिराज ज्ञवालीले गत आर्थिक बर्षमा बिनियोजन बजेटको ६८ प्रतिशत बजेट विकास बजेटमा खर्च भएको बताए । गोष्ठीमा जिल्लाका एक दर्जन भन्दा बढी सरकारी कार्यालयले बाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=212608]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by