ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009

उपराष्ट्रपतिलाई बहाल गराए नेपाल 'सिक्किम' बन्ने चेतावनी

विजय नेपाल/पोखरा, १६ भदौ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै नेपाली भाषामा सपथ नलिनु राजनैतिक बेइमानी गरेको टिप्पणी गरेका छन्।
पोखरा विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले देशका ठूला राजनीतिक दलहरुले संविधान संशोधन गराएर उपराष्ट्रपतिलाई बहाल गराएमा नेपाल …सिक्किम' बन्ने चेतावनीसमेत दिए।
उनले प्रमुख राजनीतिक दलहरुका नेताहरु विदेशी शक्तिहरुको हतियार बनेको आरोप लगाउँदै उपराष्ट्रपतिलाई हिन्दी भाषाको सपथ ग्रहणलाई मान्यता दिने तरखरमा लागेको आरोप लगाए।
एक अर्को प्रसंगमा राप्रपा नेपाल थापाले हिन्दू राष्ट्र संवैधानिक राजसंस्था र संघीयताबारे जनमत संग्रह नगरिए त्यस्तो संविधान पछि गएर नेपाली जनताले नमान्ने हुँदा जनमत संग्रह आवश्यक रहेको औल्याए।
'वाईसीएलका गतिविधि अराजकतर्फ उन्मुख भैरहेको हुँदा माओवादीको नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सरकार बन्न सक्दैन', उनले भने, …माओवादीले १२ बुँदेदेखिका प्रतिबद्धता पूरा गरेर आएमा सोंच्न सकिनेछ।' उनले नागरिक सर्वोच्चताको नाममा माओवादीको जारी आन्दोलनको कुनै तुक नरहेको जिकीर गरे।
अन्तरिम संविधानमा उल्लेखअनुसार जनमत संग्रहको मुद्दा राप्रपा नेपालले उठाउँदा बिथोल्दै हिड्ने तर आफ्नो आन्दोलन नागरिक सर्वोच्चताको पक्षमा छ भन्दै हिड्नु तर्कसँगत छैन, उनले माओवादीतिर इँगित गर्दै भने।
राजतन्त्रको बारेमा राप्रपा नेपालले सुरु गरेको हस्ताक्षर अभियानमा हालसम्म १२ लाख हस्ताक्षर संकलन भएको भइसकेको जानकारी दिदै असोज २ गतेसम्म यो अभियान निरन्तर रहने बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by