ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

मुस्ताङे राजाले भत्ताको लागि गरेको माग सुनुवाई भएन

पोखरा, भदौ १७ - मुस्ताङे राजाका रुपमा जिग्मे परवल बिष्टले सरकारले दिँदै आएको १९ महिनाको जीवनी भत्ताको सुविधा पाएका छैनन्।

देशमा गणतन्त्र आएपछि बझाङ, मुस्ताङ, सल्यान र जाजरकोटलगायतका सबैखाले राजतन्त्रको अन्त भएको घोषणा नेपाल सरकारले २०६५ असोजमा निर्णय गरेको थियो।
त्यसको जानकारी तत्कालीन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले उपल्लो मुस्ताङ पुगेर जिग्मे परवललाई बुझाएका थिए। राजारजौटा अन्तको सरकारको पत्र बुझाउन जाँदा तत्कालीन गृहमन्त्री गौतमले राजाले वृद्ध भएकाले औषधोपचारको सुविधाको इच्छा राखेको र उनको अनुरोधलाई सरकारसमक्ष लैजाने आश्वासन दिएका थिए।
त्यसअघि सरकारले जिग्मे परवलालाई राजाको पदवी र नेपाली सेनाको प्रमुख सेनानीको सम्मान दिँदैआएको थियो। साथै जीवन भत्ता र एकजना राजपत्राङ्कित तृतीय श्रेणीको निजी सचिव पनि उपलब्ध गराउँदैआएको थियो।
सुविधाको रुपमा जिग्मे परवलले सात हजार तीन सय रुपैयाँ भत्ता बुझ्दै आएकोमा २०६४ फागुनसम्मको सुविधा लिएको तर त्यसपछिको १९ महिनाको सुविधा भने नपाएको ३० वर्षसम्म उनको निजी सचिवको रुपमा काम गर्दैआएका चन्द्रबहादुर थकालीले राससलाई बताए।
यसअघि जिल्ला मालपोत कार्यालय, मुस्ताङबाट राजाले रकम बुझ्थे। निजी सहायकको सुविधा भने झन्डै १४ हजार रुपैयाँ हुन्थ्यो। उपल्लो मुस्ताङमा रहेका ७७ वर्षीय जिग्मे परवल २५औँ राजा मानिन्छन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by