ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009

सरकारलाई मात्र हैन, उपराष्ट्रपतिले राष्ट्रलाईनै अप्ठ्यारोमा पारेः प्रधानमन्त्री

लीलावल्लभ घिमिरे


विराटनगर, भदौ १६ - प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति परमान्नद झाले नेपाली भाषामा सफथ नखाएर राष्ट्रलाई अप्ठ्यारोमा पारेको वताएका छन् । मंगलवार यहाँ आएका प्रधानमन्त्रीसंग सञ्चारकर्मीहरुले उपराष्ट्रपतिले त तपाईको सरकारलाई अप्ठ्यारोमा पार्‍यो हैन भन्ने प्रश्न गर्दा उनले भने- 'मलाई मात्र होइन राष्ट्रलाई समेत अप्ठ्यारो परेको छ ।'

यसलाई सहज निकास दिइने वताउँदै प्रधानमन्त्री नेपालले भने-'हामी कानुनी व्यवस्था अनुसार यो समस्याको समाधान खोजि रहेका छौ ।' उपयुक्त उपाएको खोजी भइरहेकोले चाडै यसको समाधान हुने नेपालको भनाइ थियो । उनले थपे , 'यो समस्या भन्दा अर्को समस्यापनि उतीकै जटील छ ।सदन चल्न सकेको छैन् त्यसैले उपराष्ट्रपतिको विषयमा निणर्य लिन कठिन छ ।'


समयमा नै संविधान लेखिने कुरामा शंका नर्गन आग्रह गर्दै प्रधानमन्त्री नेपालले कसैले सोच्दैमा र भन्दैमा सरकार नढल्ने दावी गरे । 'तपाइहरु ढुक्क हुनुहोस यो सरकार ढल्दैन् यही सरकारले समयमा नै संविधान लेख्छ र नयाँ सरकारलाई जिम्मा लगाउँछ' प्रधानमन्त्री नेपालले भने । माओवादीको विद्रोही सोच कायम रहेको र उनीहरुले सत्ता कब्जा गर्न लागिरहेका छन् भन्ने त्रास जनतामा रहेको वताउँदै प्रधानमन्त्री नेपालले भने- 'तर एैन मौकामा माओवादीले सहि निर्णय पनि गर्ने गरेका छन् । बानी नसुधि्रए पनि संविधान लेख्ने कुरामा माओवादीले ढिलो भएपनि सहयोग गर्ने छन् ।' प्रधानमन्त्री नेपालले माओवादीलाई अहमता छोडेर सरकारमा आउन समेत आग्रह गरे । 'उहाँहरुका लागि सधै सरकारमा आउन ढोका खुल्ला छ सडकमा वसेर कराउनु भन्दा सरकारमा आएर समयमा नै संविधान लेख्नु राम्रो हुन्छ ।' उनले भने ।


पछिल्लो समय एमाले भित्र देखिएको विवादले आफूलाई चिन्तित वनाएको वताउँदै नेपालले भने- 'यसलाई मिलाउन म आफै मध्यस्तकर्ताको काम गर्ने छु ।

'

Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=212604]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by