ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009

को-को छन् बढी कर तिर्ने?


सुदर्शन सापकोटा, काठमाडौं, भदौ १६- सरकारलाई गत आर्थिक वर्षमा राजस्व तिर्ने मुलुकका अग्रणी १५ संस्थामध्ये ९ वटा वाणिज्य बैंक परेका छन्। यसले उद्योग व्यवसायभन्दा बैंकिङ क्षेत्रमा लगानी गर्नु बढी फाइदाजनक छ भन्ने देखाएको छ।


बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर नविल बैंकले तिरेको छ। धेरै कर तिर्ने १५ कम्पनीमा नविल पाँचौ कम्पनीमा परेको छ।

आन्तरिक राजस्व विभागको उच्च स्रोतका अनुसार गत वर्ष नविलसँगै स्टान्डर्ड चाटर्ड, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, हिमालय बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र एनआइसी बैंक ठूला करदाताको सूचीमा परेका छन्। २०६४/६५ मा १४औ ठूलो करदातामा परेको बैंक अफ काठमाण्डू यसपाली टप १५ बाट बाहिरिएको छ। बैंक १६औ स्थानमा पुगेको छ।

अघिल्ला वर्षहरुमा जस्तै सबैभन्दा बढी कर तिरेर एक नम्बरमा नेपाल टेलिकम नै परेको छ। यसले गत वर्ष ७ अर्ब ४२ करोड रुपैयाँ कर तिरेको छ। यो कम्पनीले अघिल्लो वर्ष ६ अर्ब ३८ करोड रुपैयाँ कर तिरेको थियो। यसमा मूल्यअभिवृद्धि र आयकर जोडिएको छ।

टेलिकमले तारवाला फोन, सिडिएमए र जिएसएम मोवाइल फोन संचालन गर्दै आएको छ। विदेशबाट आउने फोन कल र इन्टरनेट सेवा दिएर पनि यसले ठूलो आम्दानी गर्छ। यसको सबैभन्दा बढी आय तारवाला फोनबाट हुने गरेको छ। गत असार मसान्तसमम यसका ग्राहक करिव ४३ लाख पुगेका छन्।

मुलुकलाई कर तिर्ने दोस्रो नम्बरको सूचीमा अर्को दुरसंचार कम्पनी स्पाइस नेपाल परेको छ। मेरो मोवाइल नामको मोवाइल सेवा सञ्चालन गर्ने स्पाइसले १ अर्ब ९२ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो बर्ष कर तिर्नेमध्ये तेस्रो स्थानमा रहेको स्पाइसले ६२ करोड ७१ लाख रुपैयाँ कर तिरेको थियो। कम्पनीबाट सञ्चालित मोवाइको प्रयोगकर्ता २० लाखभन्दा बढी पुगिसकेका छन्।

गोर्खा ब्रुअरीले पहिलेको भन्दा गत बर्ष साडे तीन गुण वढी कर तिरेको छ। मदिरा उत्पादक कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो बर्ष यसले ५४ करोड १६ लाख रुपैयाँ मात्र कर तिरेको थियो। यति धेरै कर तिर्ने गोर्खा ब्रुअरी तेस्रो कम्पनी हो।

सूर्य नेपालले १ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो आर्थिक बर्षमा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ कर तिरेर दोस्रो ठूलो करदाता रहेको सूर्य नेपाल गत बर्ष चौथो स्थानमा पुगेको छ। कम्पनीले तयारी पोसाक उत्पादन गर्छ।

अघिल्लो बर्ष वढी कर तिर्नेमध्ये छैटौं स्थानमा रहेको नविल बैंक गत बर्ष ५औं स्थानमा पुगेको छ। गत बर्ष नविलले ४४ करोड ७६ लाख रुपैयाँ कर तिरेको छ। यसअघि बैंकले ४३ करोड ९१ लाख रुपैयाँ कर तिरेको थियो।

यसवाहेक वढी कर तिर्ने १५ कम्पनीमध्ये नेपाल नागरिक उड्यान प्राधिकरण र युनिलिभर नेपाल मात्र बैंकिङ क्षेत्र वाहिरका कम्पनी छन्। ११औ स्थानमा परेको प्राधिकरणले २५ करोड २७ लाख र युनिलिभरले २२ करोड २० लाख रुपैयाँ कर तिरेका छन्।

स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, कृषि विकास, एभरेष्ट, नेपाल बङ्गलादेश, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक पनि बढी कर तिर्ने कम्पनी भित्र परेका छन्।

2 comments:

  1. क्षितिजSeptember 1, 2009 at 8:34 PM

    राम्रो भएछ ! धेरै रजश्वो उठ्यो भने नेता हरुले खाएर पनि अलि अलि रहेको देशको लागि काम लाग्ला !

    ReplyDelete
  2. ramro .. nice i like...

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by