ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 31, 2009

फेसबुक नेपालीमा ?

राजनितिका कुरा एकैछिन पन्छाउं हुन्न !
हामी मध्धे फेसबुक नचालाउने कमै हौला, तर कति जनाले फेसबुक नेपाली भाषामा चलाईराख्नु भएको छ? कत्तिलाई त फेसबुक नेपालीमा छ भन्ने पनि थाहा नहोला! मैलाई अस्ति फेसबुकमा एउटा समुहको निमन्त्रणा आएको थियो, समुहको नाम चाहिं "we want facebook in Nepali"| मलाई साह्रै हॉसो उठ्यो, किनभने मैले फेसबुक नेपालीमा चलाउन थालेको लगभग एक बर्ष हुन आट्यो तर अझै यिनीहरुलाई थाहा नै रहेनछ|थाहा होस पनि कसरी?, फेसबुकको गृहपृष्ठमा अरु ६८ वटा भाषाहरुको लिस्टमा "नेपाली" भाषा राखिएको छैन, किनभने फेसबुक नेपाली भाषामा पुर्ण रुपले अनुवाद भएको छैन | यसको कारण फेसबुक चालाउने नेपालीहरुको योगदानको कमी हो भन्ने ठान्छु म|

मागेर सबै पाईन्छ भन्ने सोच र अरुले दिएको कुरामा रमाउने प्रव्रिति हामीमा विकाश हुदै आएको छ| अझ यहॉ अरुले दिएको कुरा पनि हामीले सदुपयोग गर्न सकिरहेका छैनौ| थाहा नपाएका त ठिकै छ, तर थाहा पाएर फेसबुक अनुवाद गर्छु भनेर "translation leaderboard" मा दर्ता भएका जम्मा १६६ जना मध्धे पनि सबैजना सक्रिय छैनन्|अनुवाद गर्न पनि त्यति गाह्रो छैन,रोमन नेपाली वा युनिकोडबाट नेपाली टाईप गर्न सक्नेले सजिलै अनुवाद गर्न सक्छन| अनुवाद गर्न गह्रो लागे अरु कुनै कुरा बाट सहयोग पनि त गर्न मिल्छ , जस्तैः कुन अनुवाद गरिएका शब्दहरुमा प्रतिकृया जनाउने, भोट गर्ने, आदि |हाम्रा छिमेकी मुलुक लगाएत अरु थुप्रै देशका भाषा त "google translation" को माध्यमबाट अंग्रेजी तथा अन्य भाषामा तुरुन्त अनुवाद हुन्छ, त्यति मात्र होइन उनिहरुको भाषामा लेखिएका वेवसाईट जस्ताको तेस्तै आफुलाई मन लागेको भाषामा हेर्न मिल्छ| भनेपछि हिन्दी नबुझ्नेले हिन्दी समाचार/ब्लग वा कुनै पनि हिन्दी भाषामा लेखिएको वेवसाईट आफुले बुझे अनुसार अंग्रेजी,जापानिज, चाईनिज, रसियन जस्ता अन्य भाषामा पढ्न सक्छन|हामीले पनि अहिलेको लागि फेसबुकमा मात्र भएपनि आफुले सकेको योगदान दियौ भन पछि google ले पनि हाम्रो भाषामा अनुवाद गर्न मिल्ने सुविधा थप्ला कि!

मैले आज गरेका अनुवादहरु :

Click to select the check boxes for the fields that you want to export, and then click "Finish". Please be sure to select the email address and name fields Export contact file instructions (for Windows Address Book)

तपाईले निर्यात गर्न चाहानुभएका क्षेत्रका चेक बक्सहरु छान्नुहोस र "समाप्त" थिच्नुहोस् |कृपया ईमेल ठेगाना र नाम क्षेत्रको चयन गर्नुहोस् |

Confirm what you are exporting: make sure the checkbox next to "Export..." is checked and click "Finish" Export contact file instructions (for Outlook)

तपाईले निर्यात गर्न लाग्नुभएको क्षेत्रको पुष्टि गर्नुहोस् : "निर्यात..." पछिको चेकबक्स थिचिएको सुनिश्चित गर्नुहोस र "समाप्त" थिच्नुहोस् |

This is a standard security test that we use to prevent spammers from creating fake accounts and spamming users. Plain text: explanation of captcha.

यो एक मानक सुरक्षा जॉच हो जसको प्रयोग हामीले फर्जी खाता खोल्ने र प्रयोगकर्तालाई स्पामिन्ग गर्ने स्पामरहरुलाई रोक्नका निम्ति गर्दछौ |

To upload your file to Facebook, simply hit "Browse" or "Choose File" below and select the contact file you've just created. No description for this phrase is available

फेसबुकमा आफ्नो फाईल अपलोड गर्नका लागि "हेर्नुहोस्" वा "फाईल छान्नुहोस्" मा थिच्नुहोस्, अनि तपॉईले भर्खर बनाउनु भएको सम्पर्क फाईल छान्नुहोस् |

When the dialog box opens:
  • Enter a name for the file you are creating in the "File name:" field
  • Select "Comma Separated" in the "Export Type" pulldown menu
  • Be sure to select the "All" radio button from the two "Range:" radio buttons
Export contact file instructions (for Palm Desktop)

जब डायलग बक्स खुल्छः
  • तपॉईले "फाईलको नाम" क्षेत्रमा सृजना गर्न लाग्नुभएको फाईलको नाम लेख्नुहोस्:
  • "निर्यातको प्रकार" मेनुबाट "कमाले छुट्टाईएको" छान्नुहोस्:
  • दुईवटा "रेञ्ज" रेडियो बटनहरुबाट "सबै" रेडियो बटन छान्नुहोस्:
Facebook helps you connect and share with the people in your life.

फेसबुकले तपाईको जीवनमा विभिन्न व्यक्तिसंग सम्पर्कमा रहन र बिभिन्न कुराहरु बाड्न सहयोग गर्छ |

Click on the confirmation link in the email to complete your sign up.

दर्ता प्रक्रिया पुरा गर्नका निम्ति तपाईको ईमेलमा भएको सुनिश्चिता लिङ्क थिच्नुहोस्|

Go to {website} now

अब {website} मा जानुहोस्|

Source: [Admin] Kishor Sapkota



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by