ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 31, 2009

'हामीले पनि हिन्दीमै सपथ लिएका हौ, कारवाही गरेहुन्छ'

शंकर आचार्य


पर्सा , भदौ १५ - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले मन्त्री तथा सभासदहरुले समेत हिन्दीमा शपथ खाएको भन्दै कारवाही गर्न चुनौति दिएका छन् । उनले अन्तरिम संविधानमा नेपाली भाषामै शपथ लिनुपर्छ भन्ने बाध्यकारी व्यवस्था नरहेको केवल शपथको खाका मात्र नेपाली भाषामा रहेको दाबी समेत गरे ।

उनले आफूहरुले सभासद र मन्त्रीपदको शपथसमेत हिन्दी भाषामा लिएको भन्दै कारबाही गर्न चुनौति दिएका हुन् । शपथको भाषाको बिषय न्यायिक निरुपणका कुरा नभई नितान्त राजनीतिक कुरा भएकाले यो बिषय सर्वोच्चको क्षेत्राधिकार भित्रको नरहेको दाबी गरे । उनले राजनीतिक समस्याको समाधान गैर राजनीतिक तरीकाबाट गरिनु नहुने बताए । यादवले उपराष्ट्रपतिले भाषिक अडान नछाडेकोमा बधाइ समेत दिए । 'वहाले आफ्नो पहिचान, स्वाभिमान र लोकतन्त्रको रक्षा गर्ने काम गरेकाले म वहालाई हार्दिक बधाई दिन चाहन्छुँ' ।

उनले अर्को एक प्रसंगमा फोरम माओवादी नेतृत्वको मात्रै नभई कसैको नेतृत्वमा बन्ने सरकारमा पनि अब सहभागी नहुने बताउदै राष्ट्रिय सरकार बने त्यसलाई फोरमको समर्थन गर्ने बताए ।


Source:[http://www.kantipuronline.com/nepali/kolmain.php?&nid=212417]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by