ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 30, 2009

सबै सवारीको नम्बर प्लेट एउटै रङको

ऋचा अर्याल, काठमाडौँ, भदौ १४- सरकारी हुन् वा निजी, अब सबै सवारीको नम्बर प्लेट एउटै रङको हुनेछ। अहिले निजीको रातो, भाडाको कालो, कुटनीतिज्ञको नीलो वा पर्यटकको हरियो छ।एक वर्षभित्रै इलेक्ट्रोनिक प्लेटमा रुपान्तर हुने सवारी साधनका नम्बर प्लेट कस्तो रङको हुन्छ ? 'रङ पक्का भएको छैन,' यातायात व्यवस्था विभागका निर्देशक अनिल गुरुङले भने, 'छिट्टै निर्णय हुँदैछ।'नम्बर प्लेटको रङ त फेरिन्छ नै, नम्बर लेखिने शैली पनि फरक हुनेछ।अहिले नम्बर प्लेटमा अञ्चलको नाम, नम्बर र सवारीको श्रेणी छुट्याउने गरिनेमा अब अञ्चलको नाम र नम्बरमात्र रहने छ।फरक शैलीको नम्बर प्लेटको काम पनि फरकै हुन्छ। अहिलेका नम्बर प्लेट हातले लेखिनेमा अब विशेष मेसिनले बनाइनेछ। आल्मुनियमको पातामा मेसिनले डिजाइन गरेर बनाइने उक्त प्लेटमा अञ्चल र नम्बरको बीचमा सेक्युरिटी विवरणसहितको होलोग्राम टाँसिन्छ। यसबाट उक्त सवारीको सम्पूर्ण विवरण थाहा हुन्छ।'त्यसमा अरु के-के थप्नेबारे कमिटीले निर्णय गर्छ,' विभागका निर्देशक गुरुङले नागरिकसँग भने। यस्तो नम्बर प्लेट राखेपछि ब्लूबुक बोक्नु नपर्ने विभागले बताएको छ|प्लेटका साथमा हरेक सवारीको अगाडि सिसामा प्लास्टिक पनि जडान हुनेछ, जसमा उक्त सवारीधनीले तिरेको कर, प्रदूषण जाँच र नवीकरणको विवरण हुनेछ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by