ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 30, 2009

सरकारद्वारा वास्तविक बजार भाउ बुझ्न सुरु

सुजित महत
भदौ १४ - वास्तविकभन्दा कम मूल्य देखाएर भित्रिरहेका गाडीको जाँच पास रोकेको सरकारले वास्तविकता बुभmन सम्बन्धित कम्पनीबाट जानकारी लिन सुरु गरेको छ ।


भारत र चीनबाहेकका देशमा बनेका जिप कार न्यून बिजकीकरण गरी आयात भइरहेकाले उत्पादक कम्पनीको वेबसाइटबाट वास्तविक मूल्य पत्ता लगाइरहेको भन्सार विभागले जनाएको छ । यसैगरी कूटनीतिक नियोगले झिकाएका गाडीहरूको बिजक मूल्यलाई आधार मानेर दरभाउ यकिन गर्ने प्रयास विभागले गरिरहेको छ ।

'हामी कम्पनीको वेबसाइट हेरेर वास्तविक मूल्य पत्ता लगाइरहेका छौं,' विभागका महानिर्देशक बोधराज निरौलाले भने । न्यून मूल्यमा गाडी आयात भएर राजस्व छलि भइरहेको भन्दै विभागले साउन एक गतेदेखि तेस्रो मुलुकका गाडीहरूको जाँच पास रोकेको छ । 'यो विवाद एक साताभित्र टुंगिन्छ,' निरौलाले भने, 'अधिकांश गाडीमा आयातकर्ताले घोषणा गरेको मूल्यमा वृद्धि गरिने सम्भावना छ ।' मूल्यांकन वृद्धि गर्दा राजस्व बढी त तिनर्ुपर्छ नै वृद्धि भएको मूल्यको पचास प्रतिशत जरिवाना तिनर्ुपर्छ ।


यता व्यवसायीले कारखानाबाट नेपाल हिँडिसकेका गाडी घोषित मूल्यमै भन्सार पास गरिदिन सरकारलाई आग्रह गरेका छन् । भित्रिएका अधिकतर गाडी बिक्री भइसकेकोे -खरिदकर्ताले एलसी खोलेर मगाएको) कारण मूल्यांकन वृद्धि गर्दा समस्या जटिल हुने भएकाले पास गनर्ुपर्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका प्रवक्ता गोपी न्यौपानेले बताए । 'भित्रिसकेका गाडी साविककै मूल्यमा जाँच पास गरी पछिका लागि मूल्यांकन वृद्धि गर्न अनुरोध गरेका छौं,' उनले भने ।


अहिले घोषणा गरेको मूल्यमा गाडी जाँच पास गर्ने पक्षमा भने भन्सार छैन । तेस्रो मुलुकबाट आयात भएका दुई सयभन्दा बढी कार-जिप यतिखेर वीरगन्ज भन्सारमा थन्किएका छन् । भित्र्याउने क्रममा रहेका कतिपय

गाडी कोलकाता र हल्दिया बन्दरगाहमा थन्किएको आयातकर्ताले बताएका छन् ।


आयातकर्ताले भन्सारमा घोषणा गरेकोभन्दा गाडीको उत्पादन मूल्य निकै बढी देखिएपछि कडाइ सुरु गरेको वीरगन्ज भन्सार प्रमुख केवल भण्डारीले बताए । भण्डारीका अनुसार कूटनीतिक नियोगले घोषणा गर्ने मूल्य र व्यवसायीले देखाउने मूल्यमा ठूलो अन्तर छ । कतिपय गाडी कूटनीतिक नियोगले ल्याउँदा घोषणा गरेको मूल्यभन्दा बिक्रेताले आधा मूल्यमा भित्र्याइरहेका थिए । कूटनीतिक नियोगले टेन्डरमार्फत आयात गनर्ुका साथै गाडीभित्र सुविधा थप गराउने भएकाले बढी मूल्य पर्ने न्यौपानेले बताए । 'तैपनि मूल्यमा ठूलो अन्तरचाहिँ पर्दैन,' उनले भने ।


यसबाहेक भन्सारमा घोषणा गर्ने मूल्य र उपभोक्ताई बिक्री गर्ने मूल्यमा अस्वाभाविक अन्तर देखिएको भन्सारको भनाइ छ । 'आयातकर्ताले घोषणा गरेको मूल्यमा २ सय ५ प्रतिशत कर महसुल लाग्छ,' भण्डारीले भने, 'त्यसपछि भाडा, सोरुमको खर्च, बैंकको ब्याज जोड्दा पनि बजार मूल्य निकै बढी छ ।'

ल्यान्ड रोभर, हुन्डाइको टक्सन र कियाको स्पोर्टेज जिपमा मूल्यांकन अस्वाभाविकरूपमा कम देखिएको भन्सारले जनाएको छ । कूटनीतिक नियोगले ३८ हजार डलरमा ल्याउने गरेको ल्यान्ड रोभरको जिप व्यवसायीले भने १६ हजार डलरमा भित्र्याइरहेका थिए । 'आयातकर्ताले घोषणा गरेको मूल्यलाई सही मान्न्ो हो भने मूल्य अभिवृद्धिकर, भन्सार महसुल लगायतका शुल्क बुझाउँदा गाडीको लागत ४० लाख रुपैयाँजति पर्छ,' भण्डारीले भने, 'तर बजारमा त्यही गाडी ७२ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।'


तेह्र हजार डलरमा जाँच पास भइरहेको किया स्पोर्टेज कर महसुल तिरेपछि ३५ लाख लागत पर्छ । तर उपभोक्ता मूल्य ४२ लाख ५० हजार छ । कूटनीतिक नियोगले १८ हजार डलरमा ल्याएका टक्सन व्यवसायीले ९ हजार डलरमा ल्याएका छन् । भन्सारमा देखाइएको बिजकका आधारमा २४ लाख २५ हजार रुपैयाँ पर्ने टक्सनको बजार मूल्य ३४ लाख रुपैयाँ छ । चार हजार ४ सय डलरमा जाँच पास भइरहेको किया पिकान्टोको बजार मूल्य १९ लाख २५ हजार रुपैयाँ छ । कर महसुल बुझाइसकेपछि यसको लागत मूल्य ११ लाख ८५ हजार पर्न आउँछ । 'नेपाली बजारमा यी गाडीहरूको मूल्य २५ प्रतिशत वृद्धि भइसके पनि भन्सारमा देखाइने बिजकमा भने पुरानै मूल्य छ,' भण्डारीले भने । भारतबाट आयात हुने गाडीको लागत र उपभोक्ता मूल्यमा स्वाभाविक अन्तर देखिएकाले मूल्यांकन बढाउनुपर्ने नदेखिएको भन्सारले जनाएको छ ।


Source:[http://ekantipur.com/nepali/kolmain.php?nid=212180]


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by