ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009

उपराष्ट्रपतिको सुविधा खोस्न परामर्श जारी : प्रधानमन्त्री

अजित तिवारी, विराटनगर भदौं १६ - प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति परमानन्द झालाई सरकारले उपलब्ध गराएको सेवा/सुविधा खोस्न कानुनी परामर्श भइरहेको बताएका छन्। ‘उपराष्ट्रपतिको शपथ प्रकरणले सिंगो राष्ट्रलाई समस्या परेको छ, निकासको उपायको खोजी भइरहेको छ'-मंगलवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै प्रधानमन्त्री नेपालले भने- 'उहांले झण्डा फरफराइरहनु भएको मैले पनि सुनेको छु, कानुनी व्यवस्था अनुसार नै उपायको खोजी भइरहेको छ।'

प्रधानमन्त्री नेपालले उपराष्ट्रपति विवादको सन्दर्भमा सहमत उपायको खोजीमा आफु रहेको बताउंदै त्यस्तो उपाय अझै पत्ता नलागिसकेको उल्लेख गरे। उनले भने-‘सबै सहमत हुने गरी उपाय पत्ता लगाउन कानुन व्यवसायलाई भनेको छु, म आफै पनि लगातार कानुन व्यवसायीको परामर्शमा छु, चांडै नै सहमत उपाय खोजिने छ।'

उपराष्ट्रपति शपथ प्रकरणले सरकार नढल्ने दाबी गर्दै प्रधानमन्त्री नेपालले भने-‘तर उहांको व्यवहार र काम गराईले राष्ट्रलाई समस्यामा पारेको छ।' एकिकृत नेकपा माओवादीले व्यवस्थापिका संसद चल्न नदिएका कारण पनि उपराष्ट्रपतिको शपथ प्रकरण झांगिएको प्रधानमन्त्री नेपालले दाबी गरे। उनले भने-‘यो प्रकरणमा अर्को समस्या व्यवस्थापिका संसद नचल्नु पनि रहयो, माओवादीका कारण पनि सरकारलाई अप्ठ्यारो परेको छ।'

‘माओवादीले कसैलाई बांकी राखेका छैनन्, यो सरकारलाई पनि उसले अप्ठ्यारो पारेको छ'-प्रधानमन्त्री नेपालले भने- 'माओवादीको वानी, व्यहोरा अझै सुधि्रएको छैन्, बिद्रोही प्रबृत्तिमा सुधार आएका छैन्, देश र बिदेश पनि उनीहरुसित संशकित छन्। देश र विदेशमा रहेको अविश्वासको भावना माओवादीले आफै हटाउनु पर्ने सुझाव दिदै प्रधानमन्त्री नेपालले भने-‘माओवादी सरकारमा आयो भने स्वागत, हामी बहिष्कार गर्दनौ।'

पछिल्लो चरणको आन्दोलनको कार्यक्रम अनुसार माओवादीले प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गरेको सन्दर्भमा प्रधानमन्त्री नेपालले भने-‘यो यस्तै चल्छ, हामीले पनि माओवादीको कार्यक्रम बहिष्कार गरेका थियौं, यो प्रकृया केही समयसम्म चल्छ।' यधपी, पछिल्लो समयमा आएर माओवादीले बाटो सोझ्याउदै गएको प्रधानमन्त्री नेपालको अनुभव छ।

उनले भने-‘विशेष समिति निर्माणको क्रममा माओवादीले बाटो सोझयाइदिएकै हो, अव शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउने बाटो पनि खुलेको छ।' नेकपा एमालेले धरानमा आयोजना गरेको पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागि हुन आइपुगेका प्रधानमन्त्री नेपालले भने-‘पार्टीको विवादले मलाई अत्यन्तै दुखी बनाएको छ, त्यसमा सुधार हुनु आवश्यक छ, पार्टीको विवादले म अत्यन्तै चिन्तीत पनि भएको छु।'
Source:[http://nagariknews.com/politics/party-politics/4602-2009-09-01-08-30-08.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by