उपराष्ट्रपति परमानन्द झाको राजधानीस्थित निवास नजिकै बम बिष्फोटको जिम्मा लिएको किराँत जनवादी वकर्स पार्टीका भोजपुर संयोजक शनिबार राति पक्राउ परेका छन् । मध्यरात इटहरीको पर्यटकीय क्षेत्र तालतलैयाबाट पक्राउ परेका काइला खुम्बु भनिने अजयकुमार राई पार्टीको केन्द्रीय सदस्य समेत रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । उपराष्ट्रपति परमानन्द झाको निवासलाई लक्षित गरेर शुक्रबार गराइएको बम बिष्फोटको उक्त संगठनले जिम्मा लिएको छ । तर सो संगठनको अर्को पक्षले भने पार्टीले कारबाही गरिसकेका व्यक्तिहरु आतंकपूर्ण क्रियाकलापमा संलग्न भएको भन्दै उक्त बिष्फोटमा आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।
Source:[http://ekantipur.com/nepali/kolmain.php?&nid=212149]
No comments:
Post a Comment