ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

हतियारसहित पक्राउ परेका माओवादी कमाण्डर रिहा

नेपालगन्ज (नागरिक)- 

शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा जेल चलान गरिएका माओवादी सेनाका बिग्रेड कमाण्डर दीपेन्द्रबहादुर शाही शुक्रबार रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा पुनरावेदन अदालत नेपालगन्जले उनलाई रिहा गर्न आदेश दिएको थियो। व्यक्तिगत कामको सिलसिलामा कोहलपुरमा आएको बेला स्थानीयसँग विवाद गर्दै गरेको आरोपमा पक्राउ परेका शाहीलाई बाँके प्रशासनले सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत पाँच दिनअघि जेल चलान गरेको थियो। प्रशासनका अनुसार स्थानीयसँग विवाद भइरहेका बेला प्रहरीले परिचय पत्र माग्दा उल्टै पेस्तोल देखाएपछि उनलाई पक्राउ गरिएको थियो। माओवादी कार्यकर्ता तथा अधिवक्ता तीर्थ ज्ञवालीले शाहीलाई गैरकानुनी थुनामा राखेको माग दाबी गर्दै दर्ता गराएको निवेदनको आधारमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश हरिराम कोइराला र न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले थुनामा राख्न नमिल्ने भन्दै शाहीलाई मुक्त गर्ने आदेश दिएको थियो।जिल्ला प्रशासन, प्रहरी तथा पक्राउ गर्ने इलाका प्रहरीलाई विपक्षी बनाइएको उक्त मुद्दामा वादीका तर्फबाट नेपालगन्जका आधा दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।

कोहलपुरमा बस्दै आएकी श्रीमती र अन्य सदस्यलाई भेटन आएको बेला उनी पक्राउ परेका थिए। उनीसँगै अनमिनले प्रमाणित गरेको चाइनिज पेस्तोल पनि भेटिएको थियो। अनमिनले प्रमाणित गरेको हतियार बोकेर हिँड्दै गर्दा पक्राउ गरी जेल चलाउन गरिएको यो पहिलो घटना हो। उनी माओवादीको रोल्पास्थित पाँचौ डिभिजनअन्तर्गत मङ्गलसेन स्मृति बिग्रेडका कमाण्डर हुन्। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by