ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

गणराज्य घोषणा कार्यक्रम फिर्ता लिन देउवाको आग्रह

वीरगन्ज (कान्तिपुर)-

पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता लिएर सहमतिको राजनीतिमा आउन माओवादीलाई आग्रह गरेका छन् । पर्साको निचुटा गाविसमा बिहीबार आयोजित स्वास्थ्य चौकी शिलान्यास समारोहलाई सम्बोधन गर्नेक्रममा उनले स्वेच्छिकरुपमा गणराज्य घोषणा गर्नु शान्ति सम्झौता र संविधान विपरित कुरा हो भन्दै गणराज्य घोषणा गरेर माओवादीले मुलुकमा द्वन्द्व, अस्थिरता र जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । विभिन्न बहानामा ठाउँठाउँमा सर्वसाधारणको सम्पत्ति खोस्ने, बाली लुट्ने र मान्छे मार्नेजस्ता माओवादीको गैरजिम्मेवार र गैरलोकतान्त्रिक क्रियाकलापका कारण सो पार्टी अझै जिम्मेबार हुन नसकेको देउवाको भनाइ छ । उनले यस्ता कार्यक्रमबाट मुलुकमा कुनै दुर्घटना भयो भने त्यसको सम्पूर्ण जिम्मेबारी एनेकपा माओवादीले नै लिनुपर्ने बताए ।
नेता देउवाले नेपाली जनताको चाहना बमोजिम सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्ने मुख्य समयमा संविधान बन्न नदिन एनेकपा माओवादीले आन्दोलन सुरु गरेको भन्दैं समयमै संविधान निर्माणका लागि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर वार्तामा आउन सो पार्टीलाई आग्रह गरे । आधारभूत स्वास्थ्य सेवा सबै नेपालीले पाउनुपर्ने चर्चा गर्दै उनले भने, -गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँगाउँमा निर्माण हुने यस्ता स्वास्थ्य चौकीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र संविधान निर्माण गर्ने अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको बताउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन तोकिएका समयसीमा भित्र माओवादी लडाकुहरुको व्यवस्थापन, पुनःस्थापन र समायोजन हुनुपर्ने जिकिर गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by