ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

'अब भौतिक आक्रमण’

दाङ (नयापत्रिका) 

एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं वाइसिएल इन्चार्ज कुलप्रसाद केसी सोनामले चौथो चरणको आन्दोलन भौतिक आक्रमणमा केन्दि्रत हुने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोनामले भने, 'तेस्रो चरणमा ढुंगामुढा भयो, अब भौतिक आक्रमण हुन्छ ।' वाइसिएल दाङको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न दाङ आएका सोनामले माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई कठपुतली र विदेशी इशारामा चलेको आरोप लगाए । 'कठपुतली सरकार दमनमा उत्रिए भौतिक आक्रमण गरेर ब्याक गराउँछौँ,' उनले भने । उनले वर्तमान सरकार विघटनको मागसमेत गरे ।

एक जिज्ञासामा सोनामले जग्गा र अन्न कब्जा आफ्नो पार्टीको नीति नरहेको स्पष्ट पारे । गणराज्य घोषणा संविधानसम्मत भएको दाबी गर्दै सोनामले जातीयभन्दा पनि भाव र चाहना नखल्बलिने गरी संघीय गणराज्य घोणणा गर्ने बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by