ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

युद्धको घोषणा गर्नेहरु पतन भएर जान्छन् : बिजु्क्छे

विजय नेपाल/पोखरा

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजु््क्छेले युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जाने बताएका छन्। एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “हामीहरुले हिटलर र मुसोलिनीको उदाहरण देखेका छौ, युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जान्छन्।” संवाद नेपालले शुक्रबार पोखरामा आयोजना गरेको खुल्ला अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता बिजु्क्छेले सबैभन्दा ठूलो दल माओवादीले अहंकार, हठ र विध्वशंकारी नीति त्यात्नुपर्ने बताए। “माओवादी संवेदनशील बन्नुपर्छ, मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणमा उसको जिम्मेवार बढी छ”(नेता बिजुक्छेले भने। एक अर्को प्रसंगमा उनले जातीय र भाषीय आधारमा संघियतामा जान नहुने सुझाए। नागरिकसर्वोच्चताको मुद्दामा तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम अन्तरिम संविधानको मर्मविपरीत रहेको टिप्पणी गरे।
स्वयम् नेवार जातीका नेता बिजु््क्छेले माओवादीले राजधानी उपत्यकामा नेवाः स्वायत्त राज्य घोषणा गरेमा अन्य क्षेत्रका नेवार जातिहरुको हकअधिकार कुण्ठित हुने बताए। हालै राष्ट्रपति र आफ्नो भेटको प्रसंगमा उनले सेनापति प्रकरणमा राष्ट्रपतिको कदम सही रहेको दाबी गरे।

अन्तर्क्रियामा संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, कवि एवं सँस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, देशभक्त खनाललगायतले समसामयिक विषयमा बोलेका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by