ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 30, 2009

अवैध आयातले कागज उद्योग प्रभावित


रामकुमार श्रेष्ठ(नयापत्रिका)

नेपालमा प्रतिवर्ष ५० हजार टन कागज आवश्यकता पर्नेमा नेपाली उद्योगले ४० हजार टन मात्र पूर्ति गर्ने गरेका छन् । अपुग १० हजार टन कागज अन्य देशबाट आपूर्ति गरिन्छ । दिन-प्रतिदिन अवैध रूपमा भारतीय कागजको आयातलाई नेपाल सरकारले नियन्त्रण गर्न नसक्दा नेपाली कागजको व्यापार ५० प्रतिशतले घटेको छ ।  भारतीय कागज नेपाल ल्याउँदा 'न्युज पि्रन्ट' कागजको भन्सार पाँच प्रतिशत र 'राइटिङ पि्रन्ट' कागजको भन्सार २९ प्रतिशत रहेकोमा अवैध व्यापार गर्नेहरूले राइटिङ पि्रन्ट कागजलाई न्युज पि्रन्ट कागजको नाममा ल्याउने गरेकाले कागतको अवैध आयात बढेको व्यवसायीहरूले बताएका छन् ।
उनीहरूले न्युज पि्रन्टको नाममा राइटिङ पेपर ल्याउँदा सरकारलाई प्राप्त हुने राजस्वसमेत गुमेको बताएका छन् ।

नेपाल र भारत खुल्ला सिमानाका कारण भैरहवा, वीरगन्ज, विराटनगरलगायतका नाकाबाट भारतीय कागजको अवैध आयात हुने गरेको पाइएको छ । भारतीय कारगजको अवैध आयातमा भन्सार-कर्मचारीको मिलेमतो हुने गरेको आशंकासमेत गरिँदै आएको छ ।

गत चार महिनादेखि नेपाली कागज उद्योगहरूमा उत्पादित तयारी कागज बिक्री हुन नसक्दा गोदाममै थन्केर रहेको भृकुटी पल्प एन्ड पेपर मिल गैँडाकोटका प्रबन्धनिर्देशक डा. जेपी सेमवालले बताएका छन् ।

नेपाल-भारत खुल्ला सिमानाका कारण अवैध रूपमा कागजको तस्करी हुँदा नेपाली कागजको व्यापार प्रभावित भएको डा. सेमवालले नयाँ पत्रिकालाई बताए ।

नेपालभरि अहिले एभरेस्ट पेपर मिल जनकपुर, बाबा कागज कारखाना, रिलायन्स कागज कारखाना भैरहवा, एमके पेपर मिल नवलपरासी, भृकुटी पल्प एन्ड पेपर मिल नवलपरासी गरी ६ वटा कागज कारखाना सञ्चालनमा रहेका छन् ।

नेपालमा प्रतिवर्ष ५० हजार टन कागज आवश्यकता पर्नेमा नेपाली उद्योगले ४० हजार टन मात्र पूर्ति गर्ने गरेका छन् । अपुग १० हजार टन कागज अन्य देशबाट ल्याउनुपर्नेमा भन्सारको फितलोपनका कारण ३० हजार टन अवैध भारतीय कागज नेपाल भित्रिने गरेको भृकुटी कागज कारखानाका महाप्रबन्धक एसके जैनले बताए ।

नेपालमै कागज उत्पादनमा अग्रस्थानमा रहेको नवलपरासी गैँडाकोटको भृकुटी पल्प एन्ड पेपर मिलमा पनि विगत ४ महिनादेखि उत्पादित कागजको बिक्री घटेका कारण अत्यधिक मात्रामा गोदाममै भण्डारण भएर रहेको छ भने नवलपरासीकै रामनगर भूमहीस्थित एमके पेपर मिलमा पनि यस्तै अवस्थामा रहेको मिलका प्रबन्धनिर्देशक ध्रुव पोखरेलले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by