ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 1, 2009

चितवन निकुञ्जभित्र होटल चलाउन दिइने

राजेन्द्र फुयाल/काठमाडौं (कांतिपुर) - 
सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तिर्न बाँकी कर तिरेर तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राजस्व र संरक्षण शुल्क समयमा भुक्तानी नगरेको भन्दै असार मसान्तदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल रिसोर्टलाई चल्न दिएको थिएन ।  होटल संचालन अनुमति दिनेबारे वन मन्त्रालयका अधिकारी र वन मन्त्री दीपक बोहोराबीच पनि एकमत हुन सकेको थिएन । मन्त्रिपरिषद बैठकले गौरीशंकरलगायतका आरक्षण क्षेत्र विस्तार गर्ने निर्णय गरेको छ ।
नियुक्ति र बढुवा
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाबुलाल प्रसाद शाहलाई औषधि व्यवस्था विभागको महाप्रवन्धकमा नियुक्ति गरेको छ । यस्तै, बैठकले प्रमुख सेनानी डा. गोपाल महर्जनलाई प्राविधिक महासेनानी र महासेनानी ताजमान सिंह बस्न्यातलाई हवाई सुरक्षा निर्देशनालय हेर्ने गरी सहायक रथीमा बढुवा गरेको छ । यस्तै, अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुन बहादुर शाहीलाई डार्फरस्थित संयुक्त राष्ट्रसंघ मिसनमा पठाउने अनुमति मन्त्रिपरिषद बैठकले गरेको छ । 

बैठकले द्वन्द्व प्रभावितहरुलाई साँवा तिरे ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । यस्तै, शान्ति मन्त्रालय अन्तरगतको शान्ति कोषको अवधी तीन बर्ष थप गर्ने निर्णय गरेको छ ।  यस्तै, मन्त्रिपरिषद बैठकले संचार मन्त्रालयको संयन्त्र ७५ जिल्लामा बिस्तार गर्ने निर्देशिकालाई अनुमोदन गरेको छ । बैठकले किराँत धर्मगुरु महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । लुम्बिनीको सर्वोदय सभालाई ६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । 
कोपनहेगन सम्मेलनबारे छलफल

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन हुने सम्मेलनबारे पनि छलफल गरेको छ । बैठकले मंसिर १९ गते सगरमाथाको कालापत्थरमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकलाई अनुमोदन गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by