ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

हात्ती पोलो प्रतियोगिताको फाईनल भोलि


काठमाडौं (दैनिकी)

बर्दियाको ठाकुरद्वारामा भैरहेको अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताको फाईनल भोलि हुने भएको छ । आयोजक कमिटिको आज बसेको आकस्मिक बैठकले प्राबिधिक कारण भन्दै २० गते हुने भनिएको फाईनल खेल एक दिन अगाडि सार्ने निर्णय गरेको हो । आज सेमिफाईनल चरणका खेलहरु सकिने भएकाले भोलि नै फाईनल हुने आयोजकले जनाएको छ । यसैबीच सेमिफाइनल अन्तर्गत आज भएको पहिलो खेलमा थाइल्याण्डको टिपाले टाईगर टप्स स्पाईस गर्ल्सलाई ३ का विरुद्ध ६ गोलले हराएको छ । यस्तै दोश्रो खेलमा नेशनल पार्कले टाईगर टप टस्करलाई ३ का विरुद्ध ७ गोलले पराजित गरेको छ । तेश्रो खेलमा स्कटल्याण्डको सिभास रिगलले अमेरिकाको न्यूयोर्क ब्लूलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको छ । अहिले स्कटल्याण्डकै एंगुन्स एनर्जी र अष्ट्रेलियाको सेञ्चुरियनबीच खेल भैरहेको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by