ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 29, 2009

चितवनमा सीमा सुरक्षा कार्यालय स्थापना हुने

रत्ननगर (चितवन)-

चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना हुनेभएको छ । कार्यालय स्थापनाका लागि काम तीव्र अगाडि बढिरहेको सशस्त्र प्रहरी बल गढीमाई गण, भण्डाराले जनाएको छ । तराईका सीमाक्षेत्रमा छिमेकी मुलुकले अतिक्रमण गरिरहेका बेला चितवनमा सीमा सुरक्षाका लागि कार्यालय स्थापना गर्न लागिएको हो । चितवनमा सम्भावित अतिक्रमण तथा सीमा क्षेत्रमा हुने अपाराधिक गतिविधि रोक्न सीमा सुरक्षा कार्यालयको स्थापना हुन लागेको गढीमाई गण, भण्डाराका गणपति प्रहरी उपरीक्षक उत्तमराज थनेतले जानकारी दिए । दक्षिण चितवनको माडी क्षेत्र र त्यसनजिक जोडिएका भारतीय सीमा नाकामा अतिक्रमण भएको तथ्य सार्वजनिक भएपछि चितवनमा पनि सीमा क्षेत्रको सुरक्षा आवश्यक भएको हो ।
सशस्त्र प्रहरीको मातहतमा चितवनमा रहने सीमा सुरक्षा कार्यालयको मुख्य कार्यालय सदरमुकाममा रहने र अन्य कार्यालय सीमा क्षेत्रमा रहने बताइएको छ । चितवनका दक्षिणी भेगहरुमा प्रत्येक १० देखि १५ किलोमिटरको फरकमा पोस्ट राखिने जनाइएको छ । मुख्य कार्यालयमा प्रहरी उपरीक्षकसहित २ सय ३७ जनाको दरबन्दी रहने थनेतले बताए । कार्यालयका लागि अहिले आवश्यक सुरक्षाकर्मीहरुको छनोट प्रक्रिया चलिरहेको जानकारी दिइएको छ । सुरक्षाकर्मीको दरबन्दी पूरा भएपछि आउँदो माघ तथा ढिला भए फागुनदेखि कार्यालयको कामकाज सुचारु हुने बताइएको छ । दुई महिनाअघि बसेको मन्त्रिपरिषद्को बैठकले तराईका जिल्लाहरुमा सीमा सुरक्षा कार्यालय गठन गर्ने निर्णय गरेपछि चितवनमा पनि कार्यालय गठनका लागि कार्य सुरु भएको हो ।

सीमा सुरक्षा कार्यालयका लागि सरकारले ११ हजार ३ सय ८८ सुरक्षाकर्मीको दरबन्दीका लागि स्वीकृत दिएको छ । जसमा पहिलो चरणमा पाँच हजार ४ सय ८१ दरबन्दी तयार भइसकेको सुरक्षा स्रोतले जानकारी दिएको छ । यसअघि तराईका अन्य १८ वटा जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by