ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

गणराज्य घोषणामा शंका नगरः दाहाल


काठमाडौं (कान्तिपुर) - 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको योजनाप्रति शंका नगर्न आग्रह गरेका छन् । लामो समयदेखि गणराज्यको अभ्यास आफूहरुले गर्दै आएको बताउँदै उनले त्यसलाई राजनीतिक रुपमा जनतामाझ स्थापित गर्न मात्र घोषणा कार्यक्रम ल्याएको बताए । नेपाल एफएमको बार्षिकोत्सव कार्यक्रममा बिहीबार दाहालले संघीयताबारे संवैधानिक व्यवस्था भएकाले त्यसको प्रचार गर्नु संविधानको मर्म विपरित हुने बताए । संघीयतामा जान नचाहनेहरुले आफूहरुको योजनाको विरोध गरेको जिकिर गर्दै उनले अन्य दललाई पनि गणराज्य घोषणा गर्न चुनौति दिए । गणराज्य घोषणालगायतका बिषयलाई अनावश्यक उचालेको टिप्पणी गर्दै माओवादी अध्यक्ष दाहालले परिवर्तन नचाहने शक्तिहरुले आफूहरुलाई दोषि देखाएर एक्ल्याउन खोजेको आरोप लगाए । माओवादीको बाहुल्यता रहेकाले संविधानसभालाई बिघटन गर्न संघीयता विरोधी शक्ति लागिरहेको दाहालको आरोप छ ।
गणराज्य घोषणाप्रति प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङलगायत सत्तारुढ दलहरुले आपत्ति जनाइरहेका बेला माओवादी अध्यक्षको यस्तो धारण आएको हो । माओवादीको बुधबार बसेको स्थायी समिति बैठकले गणराज्य घोषणा संविधानसम्मत भएको ठहर गरेको थियो ।

कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले नयाँ संविधान बनेपछि मात्र नागरिक सर्वोच्चता कायम हुने भएकाले आन्दोलन छाडेर सहमतिमा आउन माओवादीलाई आग्रह गरे । सहमतिका नाममा कुनै प्रस्ताव संसदबाट पारित गर्दैमा सर्वोच्चता कायम नहुने उनको भनाइ छ ।

कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले माओवादीले हतियारको राजनीति अझै नत्यागेको बताउँदै पूर्व सहमति पालना नगरेसम्म सहमतिका लागि आधार नबने दाबी गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by