ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

रकम लुट्ने भारतीय पक्राउ

कपिलवस्तु (नगारिक)

बैंकमा आउने ग्राहकलाई विभिन्न समस्या देखाई रकम लुटपाटको घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोगवनी भारतका राजीव तेली साह र गोरखपुरका मङ्गल साह तेली छन्। वाणिज्य बैंक, तौलिहवा शाखाका कर्मचारीको आग्रहमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले नेपाली एक लाख रुपैयाँ बरामद गरेको छ। उनीहरुलाई विशेष सुराकीका आधारमा दशगजाक्षेत्रबाट नेपाल आउँदै गर्दा कृष्णनगरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कृष्ण केसीले जनाए। प्रहरी उपरीक्षक विक्रमसिंह थापाले आरोपितद्वयलाई जिप्रका, तौलिहवामा राखेर अनुसन्धान सुरु गरिएको बताएका छन्। आरोपितद्वयले पत्रकारसितको संक्षिप्त कुराकानीमा आफूहरु अपराधमा संलग्न भएको स्वीकार गरे। भगवानपुरका स्थानीय गणेश ठकुरीले गत १९ कात्तिकमा रकम निकाल्न आएको समयमा लामो लाइनमा बसेर चेक साटे लगत्तै रु. ५० हजार हराएको बताएका थिए।
उनीसगैं बैङ्कबाट रकम निकालेर गणना गरी स्थायी घर मोतीपुर जाने तयारीमा रहेका नरेश्वर चौधरीको कपडामा धूलोजस्तो देखिने रङ्ग फालेर सफा गर्न लाग्दा एकलाख रुपैयाँ हराएको थियो। प्रहरीले घटनामा अन्यको पनि सङ्लग्नता रहेको अनुमान गरेको छ। यसैबीच प्रहरीले बैङ्कमा आउने ग्राहकलाई फोहोर रङ्ग वा चिलाउने समस्या देखाएर रकम लुट्ने प्रवृत्तिबाट जोगीन आग्रह गरेको छ। (रासस)

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by