ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

संविधानसभा विघटनको षडयन्त्रः भट्टराई


दीपेन्द्र विष्ट/काठमाडौं (कान्तिपुर)- 
'उनीहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र सफल हुन कदापि दिदैनौं' उनले भने
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस र एमालेका नेताहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बुधबार वाइसीएल नेपालद्वारा नेपालमा बेरोजगारी समस्या र युवा स्वरोजगार विषयक विचार गोष्ठीमा नेता भट्टराईले एमाले कांग्रेसका केही नेताहरुको पछिल्लो पटक सार्वजनिक भइरहेको अभिव्यक्तिले शान्ति सम्झौता भंग गरेर संविधानसभा विघटन गर्न चाहेको स्पष्ट भएको उल्लेख गरे । उनले ति एमाले, कांग्रेसका केही नेताहरुको नाम भने उल्लेख नगरिकन संविधानसभा भडुवाहरुले यस्तो गर्न लागेको दाबी गरे । 'उनीहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र सफल हुन कदापि दिदैनौं' उनले भने । एमाले कांग्रेसका नेताहरुले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गरिरहेका बेला उपाध्यक्ष भट्टराईको उक्त अभिव्यक्तिलाई राजनीतिक वृतमा अर्थपूर्णरुपले हेरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा सिंगापुरमा छलफल भएपछि एमाले कांग्रेसका केही नेताहरु उक्त संयन्त्रको विपक्षमा उभिएका छन् ।

दाहाल उपचारका लागि लगिएका कोइरालालाई भेटन मसिर १ गते सिगापुर गएका थिए । उनीहरुबीच अस्पतालमै उच्चस्तरीय राजनीतिक सयन्त्र बनाउने विषयमा छलफल भएको थियो । एमाले कांग्रेसका नेताहरुले त्यो भेटवार्तालाई राष्ट्रपति र सरकार परिवर्तन गर्ने षडयन्त्रको रुपमा आशंका गरेका थिए ।

उनीहरुले यसलाई सिगापुरको गोप्य सहमति पनि भन्दै आएका छन् । बर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिदै नेता भट्टराईले भ्रष्टचार मौल्याउने बाहेका अन्य कार्य गर्न नसकेको दावी गरे । उनले पुरानो सत्ताको बाँकी रहेका जराहरुले जनताका जनमुखी कार्यमा षडयन्त्र गरेको आरोपसमेत लगाए । वाइसीएलले पुरानो सत्ताका जरा भत्काउन पर्ने भन्दै उनले आवश्यक परे बलिदान दिन पनि कार्यकर्तासँग आग्रह गरे ।

पुरानो मानिसकता बोकेका कांग्रेस एमालेले मुलुकलाई प्रतिगमनतिर धकेल्ने प्रयास गरिरहेको उनको भनाई थियो । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज कणिर्कारले माओवादी सरकारको पालामा ल्याएको युवा स्वरोजगार कार्यक्रम जनमुखि भएकाले बर्तमान सरकारले लागु गर्न नचाहेको आरोप लगाए । राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले खुट्टा तान्ने प्रवृतिले जस्तो सुकै जनमुखि कार्यक्रम ल्याए पनि सफल नहुने दाबी गरे । उनले यो वा त्यो सरकार नभनीकन राम्रो कार्यलाई साथ दिनु पर्नेमा जोड दिए ।रे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by