ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 3, 2009

मुलुक विखण्डनतर्फ : कमल थापा

'राजसंस्थालाई असंवैधानिक तरिकाले पाखा लगाइयो'
दिलबहादुर छत्याल, धनगढी (नागरिक)-

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक विखण्डनतर्फ गइरहेको बताएका छन्। राजनीतिक दलबीचको असमझदारीले तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हुँदै गएको पनि उनले बताए। संविधान निर्माण प्रक्रिया माओवादी, कङ्ग्रेस र एमालेको गलत नियतका कारण ढिलाई भएको अरोप पनि उनले लगाए।  राप्रपा नेपाल कैलालीको चौथो जिल्ला अधिवेशनमा बोल्दै उनले राजनीतिक दलबीच बढेको असमझदारीले मुलुक भयाबह स्थितिमा गुज्रिरहेको बताए। राजनीतिक दलले जनतामाथि खेलवाड गरिरहेको उनको भनाइ थियो। 'संविधानसभामा जनताले भोट दिएर पठाएका दलका प्रतिनिधिले जनताको अभिमतको कदर गर्नुको सट्टा जनतामाथि खेलवाड गरिरहेका छन्'- उनले भने

अहिले मुलुकमा अशान्ति, भ्रष्टाचार, ब्रह्मलुट कायम छ। पार्टीगत स्वार्थभन्दा सबै राजनीतिक दल माथि उठेर राष्ट्र र जनताको हितमा जानु आवश्यक छ- उनले भने।
अध्यक्ष थापाले तीन वर्षअगाडि निरंकुशता अन्त्यका लागि सुरु भएको आन्दोलन संविधानसभापश्चात अधिनायकवाद, सर्वसत्तावाद र नागारिक सर्वोच्चताका लागि भइरहेको बताए।

राजसंस्थालाई पाखा लगाउने काम असंवैधानिक तरिकाले भएको उनको आरोप थियो। राजसंस्था फर्किने/नफर्किने जनताको हातमा भएको उल्लेख गर्दै जनता बलिया भयो भने राष्ट्रियता बलियो हुने उनले बताए। अहिलेको महत्वपूर्ण प्रश्न भनेको स्वतन्त्र अखण्ड प्रजातान्त्रिक मुलुक बनाउन सकिन्छ कि सकिँदैन भन्ने हो। मुलुक विखण्डनतर्फ गइरहेको छ- उनले टिप्पणी गरे।

माओवादी सेनाको टुङ्गो नलगाई संविधानसभाको चुनाव गरेकाले माओवादीको जनविद्रोह र शान्ति प्रक्रिया एउटा सिक्काका दुई पाटा बनेको उनले बताए। राजनीतिक दलहरुको गल्तीले माओवादीसँग सेना भएको अवस्थामा संविधानसभाको चुनाव गरेकाले अब देशमा शान्ति हुन्छ भन्ने कुराको कल्पनासमेत गर्न नसकिने अध्यक्ष थापाको भनाइ थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by