ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 1, 2009

शुक्लाफाँटामा 'स्विपिङ’

बच्चु विक/महेन्द्रनगर (नयाँ पत्रिका)

वन्यजन्तु चोरी-सिकारी तीव्र हुँदै गएपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा 'स्विपिङ' गरिएको छ । चार दिनसम्म गरिएको 'स्विपिङ'मा वन्यजन्तु मार्न राखिएका पासो मात्रै भेटिएका छन् । आरक्षमा वर्षमा एकपटक स्विपिङ गरिन्छ । आरक्षभित्र ठूलो मात्रामा तस्करी तथा चोरी-सिकारी भइरहेको सुराक पाएपछि पनि स्विपिङ गर्ने गरिन्छ । 'स्विपिङ' गर्दा आरक्षका लागि खटिएको नेपाली सेना र आरक्ष कर्मचारी सम्भावित क्षेत्रमा पैदल 'सर्च' गर्ने गर्छन् । चारैतिरबाट सेना र आरक्ष कर्मचारीले घेरा साँघुरो पार्दै एकै ठाउँमा पुग्ने गरेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रबहादुर चन्दले बताए । मंसिर दोस्रो साता दुई दिन पूर्वी क्षेत्र र दुई दिन दक्षिणी सीमा क्षेत्रमा गरी चार दिन स्विपिङ गरिएको आरक्षले जनाएको छ । आरक्षका निमित्त वार्डेन चन्द र आरक्ष सुरक्षार्थ खटिएको चण्डीप्रसाद गण मझगाउँका गणपति टेकबहादुर चन्दको नेतृत्वमा स्विपिङ भएको थियो । मंसिर ९ र १० गते गरिएको पूर्वी क्षेत्रको स्विपिङमा चोरी-सिकारीका भाँडाकुँडा मात्र फेला परेका थिए भने स्विपिङ टोलीले आरक्ष अतिक्रमण गरी बनाइएका केही झुपडी भत्काएको थियो । पूर्वी क्षेत्रको अर्जुनी, बन्नीखेडा, ढक्का र बेलडाँडी गरी चार क्षेत्रबाट एक सय २० जना नेपाली सेना र १५ जना आरक्ष कर्मचारी परिचालन गरिएका थिए ।

त्यस्तै दोस्रो चरणमा भारतीय सीमा क्षेत्रसँग जोडिएको दक्षिणी क्षेत्रमा स्विपिङ गरिएको आरक्षले जनाएको छ । शनिबार र आइतबार गरिएको दक्षिणी क्षेत्रको स्विपिङमा ६० जना नेपाली सेना र १० जना आरक्ष कर्मचारीको दुई टोली परिचालन गरिएका थिए । आरक्षभित्रका गतिविधि र जनावार तथा जंगलको अवस्था बुभ

\mन स्विपिङ गरिएको निमित्त वार्डेन चन्दले बताए । 'स्विपिङमा त्यस्तो केही भेटिएन, पासो मात्रै भेटिए,' चन्दले भने । बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म स्विपिङ गरिएको हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by