ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

जहाज किन्न अर्थ मन्त्रालय जमानी नबस्ने


निगमले पठाएको पाँच करोड बैना डुब्ने खतरा
यदु देवकोटा/ काठमाडौं (नयाँ पत्रिका)

नेपाल वायुसेवा निगमले किन्न लागेको एयरबसका लागि अर्थ मन्त्रालय जमानी नबस्ने भएको छ । मन्त्रालय जमानी नबसे दुईवटा एयरबस ल्याउने योजना तुहिनेछ । निगमले किन्न लागेको जहाजका बारेमा संसद्को सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको बेला अर्थ मन्त्रालयले आफ्नो पूर्वनिर्णय पुनर्विचार गर्दै जमानी बस्न नसक्ने संकेत गरेको हो । 'निगमको आर्थिक अवस्था पनि हेनुपर्छ, त्यस्तै हालै एयरबस खरिदका लागि कति पैसा चाहिन्छ भनेर स्पष्ट नगरी र सरकारबाट स्वीकृति नै नलिई बैना पठाइएकाले अर्थ मन्त्रालय जमानी नबस्नेतर्फ लागेको हो,' मन्त्रालय स्रोतले बतायो । निगमले गत महिना बेलायती एयरबस कम्पनीलाई वाइड बडीको जहाज खरिदका लागि बैनास्वरूप सात लाख ५० हजार अमेरिकी डलर (करिब पाँच करोड रुपैयाँ) पठाएको थियो । बैना पठाउँदा अर्थ मन्त्रालयसँग स्वीकृति नलिएको अर्थसचिव रामेश्वर खनालले बताए । 'निगमले बैना पठाउने बेला जमानी बस्ने संस्था अर्थ मन्त्रालय र ऋण दिने संस्था कर्मचारी सञ्चयकोषसँग सल्लाह गर्नुपथ्र्यो, त्यो गरेको छैन,' सचिव खनालले भने ।
निगमले एयरबस खरिद गर्न कति पैसा आवश्यक पर्छ र कति पैसा निगमलाई ऋण चाहिने हो, स्पष्ट नगरेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले बताएका छन् ।

यसैबीच मंगलबार सार्वजनिक लेखासमितिमा भएको छलफलमा कोषका प्रशासक डा. रमेशकुमार भट्टराईले सरकार जमानी नबसे सञ्चयकोषले निगमलाई ऋण नदिने स्पष्ट पारिसकेका छन् । 'हामीले निगमलाई हेरेर ऋण दिँदैनौँ,' प्रशासक भट्टराईले भने, 'निगमले साँवा र ब्याजको किस्ता तिर्न सात दिन ढिला गरेमा अर्थ मन्त्रालयले तिर्ने सर्तमा मात्र ऋण दिन्छौँ ।'

भट्टराईले सरकार जमानी बसे निगमको सम्पत्ति पुनर्मूल्यांकन गरी निगमकै धितो स्वीकार गरेर ऋण दिने बताए । उनले समितिसमक्ष गत जेठपछि निगमलाई कर्जा दिने सम्बन्धमा कुनै प्रकारको छलफल र सहमति नभएको जानकारी दिए ।

स्रोतका अनुसार मंगलबारमात्रै अर्थमन्त्रीसहित मन्त्रालयका उच्च अधिकारीहरूबीच जहाजको जमानीको विषयमा छलफल भएको थियो । छलफलमा अर्थमन्त्री पाण्डेले प्रधानमन्त्री र मन्त्रिपरिषद्मा सल्लाह गरेरमात्र अन्तिम निर्णय लिने बताएका थिए ।

अर्थ मन्त्रालयले जमानी नबस्ने संकेत गरेपछि नेवानिले एयरबस खरिदका लागि पठाएको बैना द्वन्द्वकालमा नेपाली सेनाले जहाज खरिद गर्न चिनियाँ कम्पनीलाई पठाएको पैसाजस्तै हुने संकेत देखिएको छ । त्यतिबेला विनास्वीकृत पठाइएको बैना

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by