ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, December 2, 2009

माओवादी कमाण्डरलाई ३ महिना जेल

नेपालगन्ज (नागरिक)- 

अनमिनले प्रमाणित गरेको चाइनिज पेस्तोल बोकेर कोहलपुरमा एक स्थानीयसँग विवाद गरेका माओवादी ब्रिग्रेड कमाण्डर दीपेन्द्र शाहलाई बाँके प्रशासनले तीन महिनाका लागि जेल राख्ने आदेश दिएको छ। शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई नजरबन्दमा राख्ने आदेश दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघिझैं हतियारसहित पक्राउ परेका माओवादी कार्यकर्तालाई छाड्न अनमिन र माओवादी नेतृत्वले सक्दो प्रयास गरे पनि गृहमन्त्रीको आदेशमा प्रशासनले जेल पठाएको स्रोतले बतायो। शाह माओवादी लडाकुको रोल्पास्थित पाँचौ डिभिजनका बिग्रेड कमाण्डर हुन्। शनिबार कोहलपुरमा एक होटेलमा विवाद गरिरहेका बेला उनलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो। शाहसँगै रहेका चार जना भने भागेका थिए। माओवादीले भने व्यक्तिगत कामको सिलसिलामा आएका शाहलाई प्रशासनले जेल हालेर शान्ति प्रक्रिया भाँड्ने प्रयास गरेको आरोप लगाएको छ। 
शिविरबाहिर हतियार बोकेर हिँड्दै गरेका लडाकुलाई पक्राउ गरी जेलमा हालिएको यो पहिलो पटक हो। सुरक्षाकर्मीले जथाभावी हतियार बोकेर हिँड्नेलाई कारबाही गर्दा अराजकता घट्ने बताइरहेका छन् भने माओवादीले प्रशासनले गलत काम गरेको आरोप लगाइरहेका छन्। शाहलाई जिल्ला कारागारमा राखिएको छ। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by