ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 5, 2009

कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध छैन : झलनाथ

भद्रपुर (नागरिक)- 

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नेपाली कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध नभएको धारणा व्यक्त गरेका छन्। मुलुकमा राजनीतिक र सामाजिक क्षेत्रमा एकताबद्ध कायम राख्न त्यसो गरेको भनाइ उनको थियो। संविधानसभाको निर्वाचनपछि एमालेले विचारलाई समसामयिक बनाउँदै सङ्गठनलाई पुनःगठन गरेको जानकारी पनि उनले दिए। खनालले समयअनुकूल वर्गीय अन्तरविरोधलाई बदल्न नै एमालेले लोकतान्त्रिक गणतन्त्र मुलुकमा ल्याउने प्रयास गरेको बताएका छन्। नेकपा (एमाले), मेची अञ्चल समन्वय समितिद्वारा झापाको धुलाबारीमा आयोजित मेची अञ्चलस्तरीय दुई दिने कार्यकर्ता प्रशिक्षणको उदघाटन गर्दै उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि राजतन्त्र हटाउन कार्यदिशा तय गरेको र माओवादीलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याएको स्पष्ट पारे। उनले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट विश्व परिस्थितिअनुरुप सिर्जनात्मक ढङ्गबाट जनताको बहुदलीय जनवाद कार्यान्वयन गराउन दलको सिद्धान्त, कार्यक्रम र नीति अगाडि सारेको विचार पनि प्रकट गरे।

अध्यक्ष खनालले मार्क्सवाद सिद्धान्तलाई व्यवहारमा उतार्न कार्यकर्ता कार्यनीति र कार्यदिशामा स्वतन्त्र तथा अनुशासित हुनुपर्ने पनि बताए। 

- रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by