ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

समयमा संविधान बन्दैन : उपसभापति पौडेल


स्याङ्जा (कान्तिपुर)- 

काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले तोकिएको समयमा संविधान बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, स्याङ्जाले शुक्रबार वालिङमा गरेको पत्रकार सम्मेलनमा उनले तोकिएको समयमा संविधान नबन्ने अब निश्चित भइसकेकोे बताएका हुन् । पार्टीको संसदीय दलका नेतासमेत रहेका पौडेलले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने काम र संविधान निर्माणका कामहरु दुबै सँगसँगै गर्नुपर्ने भएकोले निर्धारित समयमा संविधान नबन्ने पक्कापक्की भैसकेको बताएका हुन् ।  'राज्यको पुनर्संरचना र माओवादी लडाकुको समायोजन तथा पुनःस्थापना नगरुञ्जेल संविधान जारी हुनसक्दैन' उनले भने, 'माओवादीका हतियार थाँती राखेर संविधान जारी गरियो भने मुलुकमा ठूलो दुर्घटना निम्तिन्छ ।'

पौडेलले उच्चस्तरीय राजनीतिक संयन्त्रले एउटा काम, कर्तव्य र अधिकारसहितको म्यान्डेट नबनाइकन त्यसको कुनै अर्थ नराख्ने टिप्पणी गरे । संयन्त्रले माओवादीका अध्यक्ष पुष्पकम दाहाललाई प्रधानमन्त्री बनाउने अनि अरु दलका नेताहरुलाई मानार्थ संयन्त्र सदस्य बनाइदिएर त्यसको कुनै अर्थ नरहने पनि बताए । 

माओवादीले उठाएको नागरिक सर्वोच्चताको नाराको कुनै अर्थ नरहेको उनले दावी गरे । 'नागरिकको दुहाई दिने अनि सर्वोच्चताको कुरा गर्नु भनेको स्यालको कथा जस्तै हो' उनले भने । 

माओवादीले देशलाई अनावश्यक नारा दिएर फासाएको आरोप लगाउादै पौडेलले माओवादी लोकतन्त्र र शान्ति प्रक्रियाप्रति गम्भीर भए मुलुकका सबै समस्या समाधान हुने बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by