ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 29, 2009

सरकारलाई 'रेड सिग्नल'

पोखरा(नागरिक)- 

माओवादीका स्यायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई अघि नबढ्न 'रेड सिग्नल' आएको दाबी गरेका छन्। 'अहिलेको सरकार गठनका लागि जुन जुन विदशीले सहयोग पुर्‍याएका थिए, उनीहरुबाट नै सरकारलाई आगामी कदम नचाल्न भनेका छन्', उनले भने- माधव नेपाल नेतृत्वको सरकारले 'रेड सिग्नल' पाएको छ, अब अघि बढ्दैन। 'सत्ता साझेदार दलबीच भएको टीकाटिप्पणीले पनि सरकारलाई अघि नबढ्न सङ्केत गरिरहेको रायमाझीले बताए। 'त्यसकै परिणामस्वरुप अहिलेको सरकार अन्तर्राष्ट्रिय निकायबाट नाङ्गिदै गएको छ'- उनले भने। एकिकृत नेकपा माओवादी तमुवान राज्य समितिको आइतबारदेखि पोखरामा सुरु भएको चौथो पूर्ण बैठकमा सहभागी हुन आएका रायमाझीले भने- 'अहिलेको सरकारलाई हटाएर कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ।'
भोलिसम्म चल्ने बैठकले माओवादीद्वारा घोषित तेस्रो चरणको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्नेछ। बैठकमा राज्य समितिका करिब डेढ सय सदस्य सहभागी छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by