ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

तान्त्रिक विद्या सिक्न बालिकामाथि चरम यातना

मनोज अधिकारी/पोखरा (नगारिक)- 

स्वस्थ्य अवस्थाकी एक बालिकालाई तीन दिनसम्म डेरामा थुनेर चरम यातना दिने दुईजनालाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। लमजुङ्को हिलेटक्सार घर भई पोखरा-१२ बस्ने ९ वर्षकी बालिका एलिजा गुरुङलाई तातो त्रिशुल, पन्यू लगायत साधनले शरीरका विभिन्न भागमा डामेर अर्धचेत बनाउने सोही ठाउँका सञ्चिता गुरुङ र सागर गुरुङविरुद्व प्रहरीले मुद्दा चलाएको हो। उनीहरुले बालिका गुरुङलाई मंसिर ७ गते आफ्नो डेरामा लगी तीन दिनसम्म चरम यातना दिँदै शरीरका विभिन्न संवेदशनशिल भागमा डामेका थिए।  'चिनजानका छिमेकी भएको आधारमा ती बालिकालाई डेरामा लगेर तातो त्रिशुल, पन्यूले डामेर बेहोस बनाएको उजुरी परेपछि गुरुङद्वयलाई पक्राउ गरिएको हो' जिल्ला प्रहरीका डिएसपी तुलसी अधिकारीले भने,'यस्तो जघन्य अपराध गर्ने दुवैजनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएका छौं।'
गुरुङद्वयले आफुहरु धामी, झाँक्री तथा तान्त्रिक विद्या सिक्दै गरेकाले उक्त बालिकालाई लिएर गएको बयान प्रहरीमा दिएका छन्। प्रहरीले उनीहरुको साथबाट तान्त्रिक विद्या सिक्नु वस्तुका रुपमा रहेका त्रिशुल, पन्यू, घण्टी, शंख, रुद्राक्षको माला लगायतका सामग्री बरामद गरेको छ। 'यो जघन्य प्रकृतिको अपराध हो' डिएसपी अधिकारीले भने,'यस्तो अभियोगमा ज्यान मार्ने उद्योग सरहको कारबाही हुन्छ।'

बालिकाका बाबु लिलप्रसाद गुरुङले छोरीको स्कुल बिदा रहेछ केहीदिनका लागि हामीसँगै राख्छौं भन्दै छिमेकीले लगेको ३ दिनसम्म पनि फिर्ता नल्याएपछि खोज्न जाँदा गुरुङद्वयले त्रिशुल, पन्यू आगोमा तताई टाउको, अनुहारमा घाउ हुने गरी डामेर बेहोस बनाएको देखेका थिए।

प्रहरीले पीडितको उजुरीपछि गत सोमबार गुरुङद्वयलाई उनीहरुको डेराबाटै पक्राउ गरेको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउँदै प्रहरीले म्याद थप गराई अनुसन्धान भईरहेको जनाएको छ। 
नोबेल एकेडेमीको कक्षा ३ मा अध्ययनरत बालिका गुरुङको हाल पश्चिमाञ्चल अस्पतालमा उपचार भईरहेको छ। उनको अनुहार, टाउको, पिठ्यू लगायतका अंगमा डामेको घाउहरु छन्।
'छिमेकी भनेर विश्वासमा छोरी पठाउँदा अकल्पनिय घटना भयो' बालिकाका बाबु गुरुङले भने,'उनीहरुलाई ज्यानमारा सरह कारबाही हुनुपर्छ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by