ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, December 1, 2009

शिविरका लडाकु सरकारी कर्मचारी : अर्थ मन्त्री

भक्तपुर(नागरिक) - 
अर्थमन्त्री सुरेन्द्र पाण्डेले १९ हजार ६७५ जना माओवादी शिविरमा रहेका लडाकू नेपाली सेना, प्रहरी जस्तै सरकारी कर्मचारी भएको बताएका छन्। मध्यपुरथिमीको बोडे उच्च माध्यमिक विद्यालयको नयाँ भवनको निरीक्षण गर्दै उनले सरकारको ढुकुटीबाट तलबभत्ता खाने लडाकूलाई एकीकृत माओवादीले आफ्नो लडाकु भन्न नहुने बताए।  मन्त्री पाण्डेले शिविरमा रहेका लडाकूलाई सरकारले प्रतिव्यक्ति मासिक सात हजार तलब खुवाउँदै आएको र वार्षिक दुई अर्ब रुपैययाँ खर्च भइरहेको बताए। सरकारले यो खर्च लडाकूलाई एकीकृत माओवादीको सेना एवम् लडाकू बनाउन नभई राष्ट्रको कर्मचारी बनाउन दिएको हो भन्दै उनले जनताले तिरेको करबाट तलव खाने सरकारी कर्मचारी हुन्, पार्टीको लडाकू होइनन् भने। शिविरमा रहेको अयोग्य लडाकूलाई बाहिर ल्याउन एकीकृत माओवादीले सहयोग गर्नुपर्ने उनले बताए।
बोडे उच्चमाविको नवनिर्मित भवन निर्माणका लागि अर्थ मन्त्रालयले पाँच लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। मन्त्री पाण्डेले बोडे उच्चमाविको निवर्तमान प्राचार्य पूर्णबहादुर मल्ललाई सम्मान गरी विदाई गरे।

बोडे उच्च माविका प्राचार्य ध्रुवलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उच्चमाविका संयोजक निर्मलकुमार भट्टराईले उच्चमाविको विकासको चर्चा गरेका थिए। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by