ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 4, 2009

११ रुपैयाँ युनिटमा विद्युत् खरिद


काठमाडौं (नयाँ पत्रिका)

नेपाल विद्युत् प्राधिकरणले भारतको पश्चिमबंगालबाट प्रतियुनिट ११ रुपैयाँमा १५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । सो बिजुली टनकपुर नाकाबाट आयात हुनेछ । बिजुली खरिदबारे छलफल गर्न भारत गएका प्राधिकरण अधिकारीले १ जनवरीबाट १५ मेगावाट बिजुली किन्ने सहमति गरेका हुन् । टनकपुरमा बिजुली मूल्य प्रतियुनिट ६ रुपैयाँ ७० पैसा भारु अर्थात् १० रुपैयाँ ७२ पैसा रहेको छ । टनकपुरबाट वितरण केन्द्रमा आउँदा प्राविधिक चुहावट हुने भएकाले वास्तविक मूल्य अझ महँगो पर्ने प्राधिकरणले जनाएको छ । सो मूल्य उपभोक्ता मूल्यभन्दा अत्यधिक उच्च हो । यसअघि नै सरकारले भारतबाट आयात गर्दा प्राधिकरणलाई नोक्सान हुने रकम अनुदान दिने निर्णय गरेको छ ।
प्राधिकरणले सो बिजुली ३० अपि्रलसम्म आयात गर्ने सहमति भएको छ । भारतबाट आयातीत बिजुली पूर्व ल्याउँदा बढी चुहावट हुने हुँदा भालुबाङसम्म मात्र उपभोग गरिने प्राधिकरण कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले जानकारी दिए ।

प्राधिकरणले अन्य नाकाबाट पनि बिजुली माग गरेको छ । भारतीय पक्षले स्वदेशको आवश्यकता र आपूर्तिबारे अध्ययन भइरहेको जनाएको छ । अहिलेको बैठकमा भारतले थप बिजुली बेच्नेबारे टुंगो नलागे पनि टेलिफोनबाट छलफल अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।

सीमावर्ती भारतमा समेत लोडसेडिङ रहेको हुनाले नेपालले माग गरेबमोजिम बिजुली पाउने सम्भावना छैन । दुहबी र गण्डकबाट थप १५/१५ मेगावाट आयात गर्ने सम्भावना रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । हाल दुहबीबाट विद्युत आदानप्रदान सम्झौताअनुसार सस्तो मूल्यमा ५० मेगावाट बिजुली आयात भइरहेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by