ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 30, 2009

देउवा पनि उच्चस्तरीय संयन्त्रको विपक्षमा


शंकर खरेल/इटहरी(कान्तिपुर)- 

काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन् । सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल संयन्त्र बनाउन लागि परेको बेला उनको यो भनाइ आएको हो । राजनीतिक संयन्त्रको औचित्य नभएको बताएका छन् । ' उच्चस्तरीय राजनीतिक संयन्त्रको राजनीतिक गतिरोधको अन्त्य र नयाँ संविधान निर्माणसंग कुनै सम्बन्ध छैन' उनले प्रेस यूनियन सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा भने, 'यसले राजनीतिक गतिरोध अन्त्य गर्न सक्दैन, गफ गर्ने थलो बन्ने छ ।' 
तर, उनले संयन्त्र गठन भइहालेपनि त्यसबाट तर्सिन नपर्ने बताए । यसअघि एमालेका बरिष्ठ नेता केपी ओलीले उक्त संयन्त्रको सम्बन्धमा पहिलो पटक प्रश्न उठाएका थिए । साथै आइतवार उपप्रधानमन्त्री सुजाता कोइरालाले काँग्रेस उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु संयन्त्रको विपक्षमा रहेको बताएकी थिइन् । 

काँग्रेस सभापति कोइरालाले लामो समयदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरेर त्यसै मार्फत दलहरुमा रहेको राजनीतिक मतभेदको अन्त्य गर्नुपर्ने बताउँदै आएका छन् । पछिल्लो समयमा संयन्त्र निर्माणका लागि कोइराला, दाहाल र खनाल सहमत भएका छन् । 

देउवाले माओवादी गतिविधिका कारण समयमै संविधान बन्ने संभावना कम हुँदै गएको बताए । देउवाले माओवादीले शान्ति सम्झौता विपरित काम गरीरहेको उल्लेख गर्दै त्यसलाई नरोके संविधान ससमा नबन्ने ठोकुवा गरे । 

उनले जग्गा, धान कब्जा, गणराज्य घोषणा, व्यक्तिमाथिको आक्रमणलाई माओवादीले बढाउँदै लगेको पनि उल्लेख गरे । 'समयमै संविधान निर्माणका लागि गणराज्य घोषणालगायतका गतिविधि माओवादीले तत्काल रोक्नु पर्छ' उनले भने, 'अनि सबै दल मिलेर लडाकुको व्यवस्थापन र पुनस्थापना गर्नुपर्छ ।' 

उनले संविधान सभामा बहुदलियता र संघीयता काँग्रेसको एजेण्डा भएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रपति नभइ संबैधानिक राष्ट्रपतिको पक्षमा आफु रहेको पनि बताए । उनले काँग्रेसको अगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार बन्ने नबन्ने सम्बन्धमा अझै टुङ्गो नलागेको पनि बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by